शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२७ लाख नेपाली राशीको डिएससी पुरस्कार बागचीलाई दिइयो

सोमबार, ३० मङ्सिर २०७६, २१ : ४४
सोमबार, ३० मङ्सिर २०७६

पोखरा । दक्षिण एशियाली साहित्य पुरस्कार (डिएससी) अमिताभ बागचीको पुस्तक ‘हाफ अफ द नाइट इज गन’ले पाएको छ । 

पोखरामा जारी आइएमई नेपाल लिट्रेचर फेस्टिभलको अन्तिम दिन किताबका लेखक बागचीलाई उक्त पुरस्कार प्रदान गरिएको छ । 

पुरस्कार राशी २७ लाख ५० हजार रुपैयाँ अर्थात २५ हजार अमेरिकी डलर रहेको छ । दक्षिण एशियाली मुलुकमा वितरण गर्दै आइएको यो पुरस्कार पहिलो पटक नेपालमा वितरण गरिएको हो । दक्षिण एशियाली समाजको गुणस्तर अभिबृद्धिमा क्रियाशिल दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले यो पुरस्कार प्रदान गर्दै आएको छ । बागची डिएससी पुरस्कार थाप्ने ८ औं लेखक हुन् । 

उनी संगै डिएससी पुरस्कार छनौटका लागि ६ कृति परेका थिए । मंसिर २७ देखि ३० सम्म फेवा किनार बाराही घाटमा सुरु भएको साहित्य महोत्सवमा स्वदेशी तथा विदेशी लेखक सहित हजारौं साहित्यप्रेमी पत्रकार, समालोचकको समेत उपस्थिति रहेको थियो ।

आगामी दिनहरुमा डिएससी पुरस्कार नेपालको पोल्टामा पनि पर्न सक्ने अपेक्षा आयोजकले लिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि कार्यक्रमको अन्तिम सेसनमा पुरस्कार वितरण गर्न सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप