मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाले खोपका लागि रकम नदिँदा रौतहटमा भ्यागुते रोगको प्रकोप, आधा दर्जन भैँसी मरे

मङ्गलबार, ०१ पुस २०७६, ०९ : ०४
मङ्गलबार, ०१ पुस २०७६

रौतहट । रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगका कारण सातवटा भैँसी मरेपछि किसानहरु मर्कामा परेका छन् । पछिल्लो दुई सातादेखि नगरक्षेत्रमा पशुचौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप देखिएको छ ।

यता, नगरपालिकाको नगरपरिषद् हुन नसक्दा विकास निर्माण प्रभावित हुनुका साथै अधिकांश कर्मचारीले तलब पाउन सकेका छैनन् । नगरपालिकाको खाता सञ्चालन नभएको कारण समयमा भ्यागुते रोगबिरुद्ध खोप अभियान सुरु हुन नसेको हो ।

फतुआ विजयपुर वडा नम्बर १ गमहरियामा पछिल्लो १५ दिनदेखि पशु चौपायामा भ्यागुते रोगको प्रकोपको देखिएको छ । यस अवधिमा स्थानीय जवाहिर महरा चमार, राजकिशोर यादव, तेज नारायण यादव, हंशलाल यादव, गगनदेव यादवलगायत सातजनाको भैँसी भ्यागुते रोगका कारण मृत्यु भएको स्थानीय समाजसेवी विद्यानन्द यादवले जानकारी दिए ।

पीडित किसानहरुका अनुसार नेपाली काँग्रेसबाट निर्वाचित मेयर गोपालप्रसाद यादवले समयमा नगर परिषद् गर्न नसक्दा त्यसको मारमा कर्मचारीले मात्र नभई पशुपालकले पनी बेहोर्नु परेको छ ।

एउटा भैँसीको मूल्य ७५ हजार देखि एक लाख २५ हजारसम्म पर्छ ।

पशु शेवा शाखा फतुआ विजयपुरका प्रमुख रामप्रसाद मण्डलका अनुसार गमरियामा पशु चौपायामा फैलिएको रोग एचएस भ्यागुते रहेको बताएका छन ।

उक्त रोग नियन्त्रण गर्न खोप चलाउनु पर्ने हुन्छ तर नगरपालिकामा नगर परिषद नभएको कारण आफुहरुले तलब समेत खान नसकिरहेको अवस्था छ,’ मण्डलले भने, ‘खोपका लागि लागतको व्यवस्था गर्न पटक–पटक नगरपालिकामा जानकारी गराउँदा पनी कसैले वास्ता नगरेको कारण पशु चौपायामा फैलिएको एचएस भ्यागुतेरोग नियन्ञण गर्न कठिनाइ भएको हो ।’

यता, नगरपालिकाका नायवसुबा उपेन्द्र साहले यही पुस ११ गते तेस्रो नगरसभा गरिने निर्णय गरीएको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप