मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङको हल्लनचोकमा

मङ्गलबार, ०१ पुस २०७६, १३ : २५
मङ्गलबार, ०१ पुस २०७६

बागलुङ– कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं ४ अन्तर्गत बागलुङको बागलुङ नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा १०८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतक्त रुपमा शाखाको उद्घाटन गरे ।

कारोबार शुभारम्भ समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी, समाजसेवी बलावती शर्मा, गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप