केन्द्रीय संस्करण
सन्दर्भ : पुस १

भारत र महेन्द्र बीपीको उचाइको तगारो

सगरमाथाबारे बीपीको त्यो अडान, यसरी गरेका थिए महेन्द्रले कू

person explore access_timeपुस १, २०७६ chat_bubble_outline1

दुई तिहाइ सांसदको समर्थनसहित सरकारको नेतृत्व गरेका बीपी कोइरालाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रि परिस्थिति असहज थियो । किनभने राष्ट्रभित्र काँग्रेसबाहेकका लोकतान्त्रिक राजनीतिक शक्तिले २०१५ सालको निर्वाचनमा पराजय भोग्नुपरेको थियो । यता सात सालको क्रान्तिले विस्थापित गरेको मूल्य मान्यतालाई आदर्श मान्ने गोरखा परिषद् प्रतिपक्षीको भूमिकामा थियो । अर्कोतर्फ लोकतन्त्रका लागि सङ्घर्ष गरेका प्रजापरिषद् लगायतका दलहरु पराजित भएका थिए । राजनीतिज्ञहरुमा त्यसको मनोवैज्ञानिक असर थियो ।

अन्तर्राष्ट्रिय परिस्थितिको कुरा गर्दा नेपाल भूराजनीतिक हिसाबले संवेदनशील ठाउँमा छ । हाम्रो भूगोललाई हामी कसैले परिवर्तन गर्न सक्दैनौँ । त्यसैले हामी सम्मानपूर्वक चल्न सक्यौँ भने राम्रो हुन्छ होइन भने त्यो परिणाम बढो डर लाग्दो हुन्छ भन्ने पाठ सत्र सालको ‘कू’ले सिकाउँछ ।

यसकारण बीपीमाथि कू भयो

बीपीले देशभित्र भूमिसुधार ऐन लागू गरेर ‘जसको जोत, उसको पोत’ भन्ने नारा अगाडि सारेका थिए । त्योअनुसार पहिलो चरणमा क वर्गका बिर्ताहरु उन्मूलन गरेर त्यो जमिन उनीहरुलाई दिएर कृषिमा नयाँ क्रान्ति ल्याउने बीपीको योजना थियो । त्यस्तै औद्योगिक क्षेत्रमा भारतसँग उनले दस वर्षे पारवहन गरी व्यापार सम्झौता एउटैमा गरेका थिए । त्यसमा भारतमा खुलेका उद्योग व्यवसायले नेपाली बजारमा जसरी प्रवेश पाउँछन् त्यसैगरी नेपालमा खुलेका उद्योग व्यवसायले भारतीय बजारमा पनि प्रवेश पाउनुपर्छ भन्ने कुराको प्रत्याभूति थियो ।

बीपीको अर्को ठूलो उपलब्धि भनेको संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो नेतृत्वमा भाग लिएको विषय पनि हो । त्योबेला सयुक्त राष्ट्रसङ्घमा दुईवटा महाशक्ति राष्ट्र अमेरिका र सोभियतसङ्घका बीच तनाव अत्यन्त चर्को थियो । त्यतिबेला सोभियत सङ्घका प्रधानमन्त्री  ख्रुश्चेवले सयुक्त राष्ट्रसङ्घमा तीनवटा महासचिव बनाउनुपर्ने प्रस्ताव राखे । उनको प्रस्तावअनुसार पश्चिमा मुलुकहरु, कम्युनिस्टहरु र तेस्रो विश्वका लागि तीनजना महासचिव हुनुपर्ने भन्ने थियो । महाशक्ति राष्ट्रको प्रधानमन्त्रीले यस्तो प्रस्ताव राखेपछि अब संयुक्त राष्ट्रसङ्घ नै विघटन हुने हो कि भन्ने आशंका बढ्यो ।

*****

हेक्का राख्नुपर्ने कुरा के छ भने त्यो बेलामा महासङ्घमा पश्चिमाहरुको वर्चस्व थियो । उनीहरुले जे चाह्यो, त्यही हुने अवस्था हुन्थ्यो । महासभामै सोभियत सङ्घका प्रधानमन्त्री ख्रुस्चेवले आफ्नो जुत्ता निकालेर टेबुलमा ड्याङ ड्याङ ठटाएका थिए । बीपीसँगै नेपाली प्रतिनिधिमण्डलमा प्रमुख सचेतक विश्वबन्धु थापा गएका थिए । उनले त्यसको विरोध गरे ।

*****

उक्त महासभामा सहभागी बीपीले संयुक्त राष्ट्रसङ्घले नेपाल जस्ता सानो राष्ट्रको स्वतन्त्रता र विकासको ग्यारेन्टी गर्नुपर्छ भने । अनि भरखर भरखर स्वतन्त्र भएका राष्ट्रहरुले खुलेर समर्थन गरे । बीपीको त्यो विचारलाई व्यापक समर्थन पायो । वास्तवमा, त्यतिखेर त्यो करिब करिब सबैको विचार भइदियो । यसको प्रत्यक्ष रूपमा कसैले विरोध गर्न सकेनन् ।

हेक्का राख्नुपर्ने कुरा के छ भने त्यो बेलामा महासङ्घमा पश्चिमाहरुको वर्चस्व थियो । उनीहरुले जे चाह्यो, त्यही हुने अवस्था हुन्थ्यो । महासभामै सोभियत सङ्घका प्रधानमन्त्री ख्रुस्चेवले आफ्नो जुत्ता निकालेर टेबुलमा ड्याङ ड्याङ ठटाएका थिए । बीपीसँगै नेपाली प्रतिनिधिमण्डलमा प्रमुख सचेतक विश्वबन्धु थापा गएका थिए । उनले त्यसको विरोध गरे ।

*****

यस्तै अर्को महत्त्वपूर्ण घटना भनेको बीपीको चीन भ्रमण पनि रह्यो । त्यहाँ उनलाई अत्यन्त आत्मीय स्वागत पनि भयो । चीनले सम्पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनायो । तर त्यही बेलामा  सगरमाथा कसको भन्ने विवाद चलेको थियो । सगरमाथामाथि नेपाल र चीन दुवैको दावी थियो । त्यसबारेमा त्यतिबेलाका चीनका प्रधानमन्त्री चाउ एनलाई र वीपीका बीच धेरै कुरा भए । तर सहमति हुन सकिरिहेको थिएन । सगरमाथामाथि नेपालको दावीलाई चाउ एनलाईले मानिरहेका थिएनन् ।

*****

उनले विरोध गरेपछि ख्रुश्चेवले ‘नेपाल कहाँ पर्छ एट्लस पल्टाउ भनेर मेरो पीएलाई भन्ने छु’ भनेर नेपालको अस्तित्वमाथि नै हल्का रूपमा टिप्पणी गरेँ । बीपी आफैं त्यसको प्रतिवाद गर्न अगाडि सरे । ख्रुश्चेवलाई ‘तपाईं कम्युनिस्टको, विश्वको सबैभन्दा ठूलो नेता हो । अहिले नेपालमा संसद चलिरहेको छ । चार जना कम्युनिस्ट पार्टीका निर्वाचित सांसद छन् । त्यसमध्यको एउटा संसदीय दल त तपाईंकै मुलुकको भ्रमणमा छ’ भनेर बीपीले भनेका थिए । वीपीको कठोर प्रतिवादपछि उनले व्यक्तिगत रूपमा माफी मागे । त्यो घटनाको राम्रो प्रभाव चाहिँ के भयो भने सोभियत संघर नेपालबीच असल सम्बन्धको शुरुवात गराइदिने सुत्र नै त्यही भइदियो । त्यही बेलामा पूर्व–पश्चिम राजमार्ग सोभियत सङ्घले बनाइदिने र आगामी जनवरीमा बीपीले रुसको भ्रमण गर्ने भन्ने कुरा मोटामोटी रूपमा सहमति भएको थियो ।

महासभाबाट बीपी इजरायलमा गएर त्यहाँको संसदलाई सम्बोधन गरे । त्यसको परिणाम के भयो भने, एसियामा जापानपछि दोस्रो मुलुकका रूपमा इजरायलबाट नेपाललाई कूटनीतिक मान्यता दिलाए । विश्वको यति सानो मुलुक नेपालले यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिष्ठा कायम गर्न सफल भयो । त्यतिबेला नै बीपीले पाकिस्तानसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरे ।

सगरमाथामाथि बीपीको अडान

यस्तै अर्को महत्त्वपूर्ण घटना भनेको बीपीको चीन भ्रमण पनि रह्यो । त्यहाँ उनलाई अत्यन्त आत्मीय स्वागत पनि भयो । चीनले सम्पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनायो ।

तर त्यही बेलामा  सगरमाथा कसको भन्ने विवाद चलेको थियो । सगरमाथामाथि नेपाल र चीन दुवैको दावी थियो । त्यसबारेमा त्यतिबेलाका चीनका प्रधानमन्त्री चाउ एनलाई र वीपीका बीच धेरै कुरा भए । तर सहमति हुन सकिरिहेको थिएन । सगरमाथामाथि नेपालको दावीलाई चाउ एनलाईले मानिरहेका थिएनन् । उनी अनेक प्रस्ताव अगाडि सारिरहेका थिए । उत्तरतिरबाट सगरमाथा चढ्दा चीनको अनुमति लिनुपर्ने र दक्षिणबाट चढ्दा नेपालको । यस किसिमको कुरा गर्दा बीपीले सगरमाथाभन्दा चार पाँच किलोमिटर उत्तरसम्म पनि नेपालको सीमाना रहेको स्मरण गराए । अनि उनीहरुले नाटकीय रूपमा माओ त्सेतुङसँग बीपीको भेट गराए । माओसँग पनि बीपीले उक्त कुरा उठाए तर माओको प्रस्ताव पनि चाउ एनलाईको भन्दा फरक थिएन । वीपीले त्यो कुरा स्वीकारेनन् र भने, ‘म मेरो मुलुकको भूभाग चीनलाई सुम्पिनका लागि आएको होइन ।’

*****

वीपी यसरी खरो रुपमा प्रस्तुत भएपछि माओले ‘तपाईंलाई अप्ठ्यारो पार्ने काम हामी गर्दैनौँ  । तपाईंको कुरा प्रधानमन्त्री चाउ एनलाईसँग राख्छु’ भनेका थिए । पछि नेपाल र चीनबीच संयुक्त कमिसन गठन गर्ने कुराभयो । नेपालका तर्फबाट मेजर जर्नेल पदमबहादु खत्री संयोजक भए भने चीनले पनि त्यस्तै पदाधिकारी राख्यो ।

*****

वीपीले चिनियाँ नेताहरुलाई व्यक्तिगत रुपमा भने, ‘तपाईंहरुले पनि मलाई असहयोग गर्ने नियत राख्नुभयो ।  सगरमाथा आधाआधी गर्ने कुरा नेपालको प्रधानमन्त्रीले गर्यो भन्नासाथ यो संसारका लागि समाचार हुन्छ । तपाईंहरुलाई थाहा छ, संसदमा प्रतिक्रियावादी प्रमुख प्रतिपक्षी गोरखा परिषद् छ । त्यसलाई बल पुर्याएर मजस्तो एउटा समाजवादमा विश्वास गर्ने नेतालाई कमजोर बनाउने ? म चीनले पनि संयुक्त राष्ट्रसङ्घको मान्यता पाउनुपर्छ भनेर कुरा उठाउने व्यक्ति हुँ । मलाई  कमजोर गरे तपाईंहरु के  प्राप्त गर्नुहुन्छ ?’

वीपी यसरी खरो रुपमा प्रस्तुत भएपछि माओले ‘तपाईंलाई अप्ठ्यारो पार्ने काम हामी गर्दैनौँ  । तपाईंको कुरा प्रधानमन्त्री चाउ एनलाईसँग राख्छु’ भनेका थिए । पछि नेपाल र चीनबीच संयुक्त कमिसन गठन गर्ने कुराभयो । नेपालका तर्फबाट मेजर जर्नेल पदमबहादु खत्री संयोजक भए भने चीनले पनि त्यस्तै पदाधिकारी राख्यो ।

बीपी प्रधानमन्त्री हुनुभन्दा अलि पहिले नै चीनले सेना पठाएर तिब्बतलाई अधिनमा पारेको थियो । सो घटनापछि दलाइ लामासहित मान्छे भागेर नेपाल हुँदै भारत गएका थिए । त्यही बेला उनीहरुलाई लखेट्ने सिलसिलामा हाम्रोबाट सीमा सुरक्षाका लागि सेना खटाइएको थियो । मुस्ताङमा चीनका सेनाको गोली लागि नेपाली सेनाका जम्दार बमप्रसाद बास्कोटाको निधन भयो । त्यसले ठूलो हो हल्ला भयो ।  अमेरिकले स्वतन्त्र राष्ट्रको मान्यता नदिएको चीनका सेनाले नेपाली सेना मार्यो भन्ने कुराले संसारका लागि यो ठूलो घटना भयो । त्यसपछि चीनका प्रधानमन्त्री नेपाल आए । अनि उनले चीन फर्किंदै गर्दा पत्रकार सम्मेलन गरे । त्यतिबेला भारतका पत्रकारको राम्रो उपस्थिति हुन्थ्यो । पीटीआईका संवादाताले चाउ एनसँग सगरमाथाको सार्वभौमिकताका बारेमा प्रश्न सोधेका थिए । चाउ एनलाईले ‘चीन र नेपालको मत्रीपूर्ण सम्बन्धका आधारमा यसलाई टुङ्ग्याउँछौँ ।’ भनेर जवाफ दिएका थिए । फेरि त्यही प्रश्न कोट्याइकोट्याइ सोध्दा चाउ एनले ‘तिमीहरु भारतीयलाई किन टाउको दुखाइ’ भन्दै  ‘यो चीन र नेपाल बीचको कुरा हो । नेपालका प्रधानमन्त्रीले जे भन्छन्, हामी त्यो मान्न तयार छौं’ भनेर जवाफ दिएका थिए ।

आफ्नो शासनकालको छोटो समयमै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बीपीको ख्याति उच्च हुँदै गएको थियो । विकास, कृषि, औद्योगिक, परराष्ट्रनीति लगायतका क्षेत्रमा वीपीले आफ्नो प्रभाव स्थापित गर्नुभएको थियो । एसियाका दुई विशाल देशहरु भारत र चीनले मान्यता नदिएको इजरायललाई नेपाल जस्तो सानो मुलुकले राजनीतिक मान्यता दिँदा र आफ्नो स्वतन्त्र अस्तित्व देखाएर अघि बढ्न खोज्दा हाम्रा छिमिकी राष्ट्रहरुलाई मन परेन । अझ खास गरेर भारतलाई मन परेन । वास्तवमा, भारतले नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहोस् भन्ने चाहना कहिले पनि राखेन । यी सबैको पृष्ठभूमिमा यता राजा महेन्द्रलाई महत्त्वाकाङ्क्षा जागृत भएको थियो । उनमा म मात्र शासन गर्न सक्छु, अरू कोही सक्षम छैनन् भन्ने एउटा भूत सवार भएको थियो ।

यता भर्खर भर्खर स्वतन्त्र भएको भारतको नेतृत्व गरेका नेहरु, इजिप्टका नासिर र युगोस्लोभियाका टिटोभन्दा पनि बीपी कैयौँ कुरामा अगाडि बढेर निर्णय गरेर नेपालको स्वतन्त्र अस्तित्वलाई अगाडि ल्याए । यो कारणले पनि भारतको ध्येय बीपीलाई सिध्याउनु थियो । वास्तवमा भारतको चाहना सधैँभरी आफ्नो नियन्त्रणमा राखिराख्ने नै थियो । बीपीले इजरायलाई राजनीतिक मान्यता दिएको, चीनसँग सीमा विवादमा टुङ्ग्गाएको, संयुक्त राष्ट्र सङ्घमा त्यसरी बोलेको लगायतका कुराहरु भारतलाई भित्रबाट मन परेको थिएन ।

यसरी गरेका थिए महेन्द्रले कू

यसरी भारत वीपीसँग खुसी नभएको कुराको फाइदा उठाएर महेन्द्रले पुस १ गते बीपी नेतृत्वको सरकारमाथि कू गरे । काठमाडौँ थापाथलीमा बीपी नेपाल तरुण दलको अधिवेशनमा अथितिमा रूपमा उपस्थिति थिए । त्यहाँ विद्यार्थीका रूपमा म पनि सहभागी थिएँ । तरुण दलका नेताले स्वागत मन्तव्य मात्र राखेका थिए । कुनै नेताले भाषण गर्न पनि पाएनन् । कार्यक्रम सुरु भएको केही समयमै सुरेन्द्रबहादुर शाहाको नेतृत्वमा दरबारभित्र र बाहिर रहेका सेनाहरु आए । उनीहरुले पूरै कार्यक्रमस्थल आफ्नो कब्जामा लिए र बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत त्यहाँ भएका प्रमुख नेतालाई सेनाले समातेर लग्यो ।

आफूलगायतका नेतालाई गिरफ्तार गर्दा बीपीले सबैलाई शान्त रहन अपील गर्दै भनेका थिए, ‘तिमीहरुले अलिकति पनि विरोध गरेको खण्डमा यिनीहरुले मारिदिन्छ ।’ किनभने सेना राइफलसहित आएको थियो । त्यसैले त्यहाँ केही पनि भएन । त्यसको दुई घण्टापछि काँग्रेस कार्यकर्ताहरुको काठमाडौँमा माइकिङ भयो, ‘राजाले प्रजातन्त्र समाप्त गरे । खबदार जनताहरु अब सचेत हुनपर्छ’ भनेर । पक्राउ नेताहरुलाई सिंहदरबारको पुतलीबगैचामा लगिएको थियो । काँग्रेसका अन्य नेता तथा त्यो बेलाका मन्त्री र सांसदमाथि पनि गिरफ्तार गर्ने लर्को चल्यो । गिरफ्तारीबाट बच्न केही नेताहरु भागेर भारत पुगे । पछि बीपीलाई सुन्दरीजल लगिएको थियो ।

*****

नेपालको सीमाको जुन अवस्था र साइज छ त्योभन्दा धेरै ठूलो भयो बीपीको व्याक्तित्व । उनले भारतजस्तो विशाल राष्ट्रलाई क्रस गरेर युरोपमा पहुँच बढाएका थिए । उनका समाजवादी मित्रहरु युरोपको सरकारमा थिए । उनीहरुले भारतलाई भनिरहन्थे, ‘तिमी बीपीलाई डिस्टर्व नगर’ ।

*****

महेन्द्रको कूपछि काँग्रेसको अभियान

बीपी लगायतका नेतालाई जेलघरमा थुनेपछि काँग्रेसका दोस्रो तहका तथा बीपी नेतृत्वको सरकारका उपप्रधान एवम् अर्थमन्त्री सुवर्णशमशेर राणा राजाले पुुस १ गतेको घटना हुनुभन्दा २, ४ दिनअघि कलकत्ता जानुभएको थियो ।

पुस १ को घटनापछि नेपालमा भएका काँग्रेसका अन्य नेताहरु पनि भारततिर लागे । त्यसको केही महिनापछि सुवर्णजीको नेतृत्वमा काँग्रेस पार्टीको बैठक भयो । उहाँ पार्टीको कार्यावाहक सभापति हुनुभयो । त्यसपछि नेपालमा प्रजातन्त्र पुनस्र्थापनका लागि सशस्त्र क्रान्ति गर्न भनेर पार्टीले निर्णय गर्यो । पूर्वको पाँचथरबाट सुदूरपश्चिमको बझाङसम्म काँग्रेसले प्रजातन्त्र पुनस्र्थापनको अभियान सुरु गर्यो । ठाउँठाउँमा घटना पनि भए । कैयौँ मानिस मारिए । त्यससँगै नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पनि जन्मियो । नेवि सङ्घले पनि निरन्तर सङ्घर्ष गरिरह्यो । गिरफ्तार भएको ८ वर्षपछि बीपी पनि छुट्नुभयो । उता सुवर्णजीलाई पनि राजाले माफी दिए । फेरि राजनीतिक प्रक्रिया अगाडि नबढेपछि बीपी फेरि भारतमा जानुभयो । उहाँले पनि सशस्त्र क्रान्तिकै कुरा गर्नुभयो ।

भारत र महेन्द्र बीपीको उचाइको तगारो

नेपालको सीमाको जुन अवस्था र साइज छ त्योभन्दा धेरै ठूलो भयो बीपीको व्याक्तित्व । उनले भारतजस्तो विशाल राष्ट्रलाई क्रस गरेर युरोपमा पहुँच बढाएका थिए । उनका समाजवादी मित्रहरु युरोपको सरकारमा थिए । उनीहरुले भारतलाई भनिरहन्थे, ‘तिमी बीपीलाई डिस्टर्व नगर’ ।

बीपीले आफू प्रधानमन्त्री भएको बेलामा काठमाडौँमा सोसलिस्ट इन्टनेसनलको एसिया शाखाको सम्मेलन पनि गराएका थिए । धेरै सोसलिस्ट नेताहरु यहाँ आएका थिए । भारतले नेपाललाई आफ्नो मुठ्ठीभित्र नरहेर अगाडि बढोस् भन्ने चाहन्छ । हामी धेरै पहिले संयुक्त राष्ट्र सङ्घ सदस्य भइसकेका थियौं । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भइसकेको थियो । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भइसकेको थियो । त्यसैले भारतले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्र मान्न बाध्य थियो र छ । बीपीको त्यो अघि बढाइ उनलाई सह्य भएन । आफूमार्फत दक्षिण एसिया (बङ्गलादेश जन्मिएको थिएन) सञ्चालन हुनुपर्छ भन्ने भारतको चाहना थियो । अर्कोतर्फ नेहरु र चाउ एनलाईबीच एउटा प्रतिस्पर्धा भएको थियो । सन् १९५६ मा तेस्रो विश्वका नेताहरुको एउटा सम्मेलन भयो । त्यसमा नेहरु र चाउ एनको व्यक्तित्वको टकराव सुरु भइसकेको थियो । त्यही सिलसिलामा सन् १९६२ मा चीन र भारतबीच सीमा युद्ध भयो । भारत नराम्रोसँग पारजित हुन पुग्यो ।

त्यसपछि राजा महेन्द्रले जे भयो भयो भनेर बीपीलगायतका नेतालाई जोडेको भए नेपाल अर्कै पोजिसनमा हुन्थ्यो । तर राजा महेन्द्रले पराजित भारतलाई बेवस्ता गरे । भारतले काँग्रेसका नेताहरुलाई आश्रय दिएर मलाई डिस्टर्व गर्ने ? यतातिर चीन छँदैछ भनेर भारतलाई देखाइदिन्छु भन्नेतिर महेन्द्र लागे ।

महेन्द्र राष्ट्रवादी ?

त्यसपछि राजा महेन्द्र विसं २०१८ सालमा चीन भ्रमणमा गए । बीपीले नमानेर पूरै सगरमाथा नेपालको हो भन्ने कुरामा अडान लिएका थिए । तर राजा महेन्द्रले उत्तरी भेगबाट सगरमाथा चढ्दा चीनको अनुमति लिनुपर्ने र दक्षिणबाट मात्र नेपालको भन्ने कुरामा सम्झौता गरे । अहिले पञ्चहरु महेन्द्रलाई महान राष्ट्रवादी भन्छन् । उनी कति राष्ट्रवादी थिए, त्यो सगरमाथाको कुराले नै प्रस्ट हुन्छ । यही विषयमा राजाइतर मानिसहरुको कुरा छाडौं, राजा महेन्द्रसँग बसेर निरन्तर काम गरेका भेषबहादुर थापाको पछिल्लो प्रतिक्रिया काफी हुन्छ । ‘कालापानीमा भारतीय सेना आएर बस्यो । यस विषयमा कुरा गर्ने कि भन्दा राजा महेन्द्रले चीनसँगको लडाइँमा भारत हारेको छ । यस विषयमा कुरा गर्दा उसलाई थप पीडा हुन्छ’, भन्नुभएको भेषबहादुर थापाले नै भनेका छन् । भेषबहादुर थापा राजाका विश्वास पात्र थिए । उनले राजालाई कुनै बदनाम गर्नका लागि बोल्ने होइन, उनीहरुले त जे सत्य देखेका थिए, त्यही बोल्ने हुन् ।

(नेपाली काँग्रेसका पुराना नेता होमनाथ दाहालसँग पुस १ को सन्दर्भमा केन्द्रित रहेर लोकेन्द्र भट्टले गरेको कुराकानी ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 1, 2020, 2:43 a.m. Tanka Prasad Panta
    बि पि महान नेता हुन।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...