शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेमीसँगको झगडामा न्यायाधीशकी पीएसओले बोकेको पेस्तोल गायब

मङ्गलबार, ०१ पुस २०७६, १५ : ४७
मङ्गलबार, ०१ पुस २०७६

जनकपुर । प्रेमीसँग झगडाका क्रममा पेस्तोल हराउने एक महिला प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेकी पीएसओ रहेकी प्रहरी जवान रनिता कुमारी केवटलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सोमबार राति प्रेमी शिवेन्द्र यादवसँग उनको झगडा परेको र सो क्रममा पेस्तोल हराएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरी जवान केवटसँग रहेको ७ राउण्ड गोली लोड गरिएको पेस्तोल हराएको प्रहरीले जनाएको छ । केवटको पेस्तोल लिएर प्रेमी यादव भागेको प्रहरीले आशंका गरेको छ भने उनको खोजीकार्य भइरहेको छ । 

नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १० घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा लिइ बस्दै आएकी प्रहरी जवान केवट न्यायाधीश घिमिरेको सुरक्षा गार्डमा जिप्रका धनुषामा दरबन्दीमा खट्दै आएकी थिइन् । 
उनका प्रेमी यादव नवलपुरासी रामग्राम नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।

प्रदेश प्रहरी कार्यालयले लोडेड पेस्तोल गायब भएको घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप