शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बुधबार, ०२ पुस २०७६, १३ : ००
बुधबार, ०२ पुस २०७६

भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको  हो । 

महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप