शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटना, प्रहरी जवानको मृत्यु

बुधबार, ०२ पुस २०७६, २० : ५८
बुधबार, ०२ पुस २०७६

बैतडी । यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए ।

मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । बुधबार खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

उनले भने, “चिप्लो सडकमा जिप अनियन्त्रत हुँदा दुर्घटना भएको हो । जिपमा सवार अन्य सात जनाको अवस्था समान्य छ ।” जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप