शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार बस्ने नेकपाको बैठकमा अध्यक्षले जवाफ दिने

बिहीबार, ०३ पुस २०७६, १७ : ०८
बिहीबार, ०३ पुस २०७६

काठमाडौ । सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

बिहीबारको बैठकमा १० सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बिहीबारको बैठकमा किरण गुरुङ, चक्रपाणी खनाल,सुवास नेम्वाङ,भीम आचार्य विष्णु रिमाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा,माधवकुमार नेपाल र झलनाथ खनालले प्रतिवेदनाथि आफ्नो विचार राखेका हुन् । 

स्थायी समितिका सदस्यहरुमध्ये अव महासचिव विष्णु पौडेलले धारणा राख्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । महासचिव पौडेलले शनिबार बस्ने बैठकमा आफ्नो विचार राख्ने र त्यसपछि अध्यक्षले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ । 

राजनीतिक प्रतिवेदन तथा विधान संशोधनबारे उठेका प्रश्नको जवाफ र संशोधन गर्नुपर्ने बुँदाका बारेमा अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्नका लागि बैठक शुक्रबार नबसि शनिबार राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप