बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महरा प्रकरण : जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

बिहीबार, ०३ पुस २०७६, १७ : ४६
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । 

उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो । 

न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । 

तत्कालिन सभामसुख महरा बलात्कारको आरोपमा पक्राउ परेपछि थुनामै रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप