बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञापन संघको प्रदेश संयोजकमा गौतम

बिहीबार, ०३ पुस २०७६, १९ : २६
बिहीबार, ०३ पुस २०७६

पोखरा– नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । 

विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन् । 

विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए । आगामी दिनमा प्रदेश सरकारहरूसँग समन्वय गरेर विज्ञापन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गरे । 

नव नियुक्त प्रदेश संयोजक गौतम पोखरा स्थिति सफल एडभर्टाइजिङकी प्रवन्ध निर्देशक हुन् । उनी विगत ५ बर्षदेखि विज्ञापन, संचार र इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्यरत छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप