बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको मुख्य सुरक्षा एजेन्सीको मुख्यालयमा गोलीबारी

शुक्रबार, ०४ पुस २०७६, ०७ : २१
शुक्रबार, ०४ पुस २०७६

रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) को मुख्यालयमा गोलीबारी भएको छ । रुसी मिडियाका अनुसार उक्त घटनामा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार भवनभित्र अटोमेटिक हतियारमार्फत् गोलीबारी गर्ने व्यक्तिलाई हतियारधारी पुलिस अधिकारीले गा्ेली हानी हत्या गरेका छन् ।

सुरक्षाबलले इलाकालाई घेराबन्दी गरिदिएको छ भने वरिपरिका मानिसहरुलाई भवनभित्र जान आग्रह गरेका छन् ।

Photo: Reuters

राष्ट्रपति भ्लादिमीर पुटिनको वार्षीक पत्रकार सम्मेलनको केही घण्टापछि उक्त घटना भएको हो ।

एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको विषयमा विस्तृत जानकारी प्राप्त छैन ।

एफएसबीले आफ्नो मुख्यालयमा तीन बन्दुकधारीले हमला गरेको भन्ने समाचारलाई सुरुमा गलत बताएको थियो ।

अपुष्ट रिपोर्ट अनुसार दुई बन्धुकधारीको बाहिर लबीमा नै मृत्यु भएको छ भने तेस्रो भागेर नजिकैको भवनमा लुकेका थिए जहाँ पुलिससँगको मुठभेडमा उनको मृत्यु भयो ।

Photo: Reuters

रुसका स्वास्थ्य मन्त्रालयले मिडियालाई जानकारी दिँदै दुई अधिकारी गम्भीर रुपमा घाइते भएको जानकारी दिएको छ । त्यसलगत्तै इन्टेलिजेन्स एजेन्सी आफैंले आफ्नो एक अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ ।

यद्यपि, अहिलेसम्म मृतक अधिकारी घाइते भनिएका दुई अधिकारीमध्ये एक हुन् वा होइनन् भन्ने स्पष्ट खबर छैन ।

रुसी अनुसन्धानकर्ताले अधिकारीहरुको हत्याको कोसिसको मुद्दा दर्ता गरेर अनुसन्धान गरेको छ ।

बेलुकी सम्पन्न भएको राष्ट्रपति पुटिनको चार घण्टासम्म चलेको वार्षीक पत्रकार सम्मेलनसँग यो घटना सम्बन्धित छ छैन भनेर पनि अनुसन्धान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप