शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुखमा नेकपाको दावी रहन्छ: माधव नेपाल

शुक्रबार, ०४ पुस २०७६, १७ : २४
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दलका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ । शुक्रबार नयाँ बानेश्वरमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

बैठकमा पार्टी एकता, स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक लगायत पार्टीका कामलाई व्यवस्थित गर्ने  विषयमा अध्यक्ष प्रचण्डले निर्देशन दिएकोे बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । त्यस्तै दलका उपनेता सुवासचन्द्र नेम्वाङ दललाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा जानकारी गराएका थिए । दलको बैठकमा नेकपाबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भएपनि नेकपाले सभामुखको नाम गोप्य राखेको छ । 

नेता नेपालले सभामुखबारे कुनै छलफल नभएको प्रतिकृया दिए । उनले सभामुखमा नेकपाले उम्मेदवार उठाउने दावी समेत गरे । ‘सभामुखमा नेकपाले स्वभाविक दावी गर्छ’ नेता नेपालको भनाई थियो । उनले उपसभामुखबारे भने पछि छलफल गर्ने बताए । 

त्यस्तै दलको बैठकमा अमेरिकी सहयोग एमसीसीबारे सोधिएको प्रश्नमा एमसीसी सैन्य गठबन्धनमा नजोडिएको भए स्वीकार गर्ने र त्यसमा कसैले आपत्ति जनाउनुपर्ने विषय नभएको नेता नेपालको भनाई छ ।  त्यस्तै महासचिव विष्णु पौडेलले उपनिर्वाचनबारे दलको बैठकमा छलफल भएको भन्दै सभामुखका बारेमा प्रकृया सुरु भएपछि आवश्यक छलफल गर्ने प्रतिकृया दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप