बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलुन उडाएर भ्रमण वर्षको सन्देश  !

शुक्रबार, ०४ पुस २०७६, १८ : ३१
शुक्रबार, ०४ पुस २०७६

पोखरा । गण्डकी प्रदेशले भ्रमण वर्ष २०२० को सन्देश बेलुन उडाएर दिने तयारी थालेको छ । भ्रमण वर्ष उद्घाटनको तयारी तिव्र पारेको गण्डकी प्रदेशले फेवा किनारको रत्न मन्दिरबाट भ्रमण वर्ष उद्घाटनको तयारी गरिरहेको छ । 

प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटनसँगै पोखरा वरिपरिका ४ अग्ला स्थान सराङ्कोट, काहूँ डाँडा, शान्ति स्तुपा र भरपोखरीबाट ‘भिजिट नेपाल २०२०’ लेखेको बेलुन उडाइने भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सह–संयोजक अग्नि कँडेलले जानकारी दिए । ‘रत्न मन्दिरबाट परेवा, काहूँ डाँडा, शान्ति स्तुपा, सराङ्कोट र भरतपोखरीबाट बेलनु एकैचोटी उडाइन्छ,’ उनले भने,  ‘रत्न मन्दिरबाट परेवा र भिजिट नेपाल २०२० को बेलुन उड्ने समय एउटै हुनेछ ।’

गण्डकी प्रदेशबाट भ्रमण वर्ष २०२० को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । भ्रमण वर्ष २०२० को उद्घाटनसँगै सर्वसाधारणका लागि लगाइएको रत्न मन्दिरमाथिको बन्देज खुला हुनेछ । 
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा प्रदेशका एघारै जिल्लाका साँस्कृतिक झाँकी सहित हुनेछ । उद्घाटन कार्यक्रममा प्रदेशको पहिचान झल्किने हस्तकला, कृषि उपजको प्रर्दशनी, निबन्ध, कविता प्रतियोगीता साथै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नको लागि विशेष पहल गर्ने भ्रमण वर्ष सफल पार्न गठन गरिएको ५६ सदस्यीय समितिले योजना बनाएको छ । १४ वटा उपसमितिमार्फत कार्यक्रम व्यवस्थापनका कार्यक्रमहरु भइरहेका छन् । 

भ्रमण वर्ष २०२० गण्डकी प्रदेश समितिले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटनको आधारशिला तयार पार्ने माध्यमको रुपमा लिएको छ । भ्रमण वर्ष २०२० का सह –संयोजक कँडेलकाअनुसार प्रदेशका नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी बाहिर ल्याउने, होमस्टे प्रबद्र्धनको लागि काम प्रयास गर्नेछन् । 

भ्रमण वर्ष २०२० को लागि गण्डकी प्रदेशका उच्च सरकारी ओहोदाका कर्मचारी साथै विदेशीहरुलाई पनि निम्तो गरिनेछ । जनवरी १ मा भ्रमण वर्ष २०२० को सातै प्रदेशबाट उद्घाटन हुने कार्यक्रम तय भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप