बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : धुँवा

शनिबार, ०५ पुस २०७६, १२ : ५४
शनिबार, ०५ पुस २०७६

-साकार बाबु सुबेदी
एक जोर स्थिर मेरा आँखाहरूले,
निसङ्कोच भेटेकै हुन जवाफहरू,
प्रतिस्पर्धि भीडहरूबाट छुट्टिएको,
तिम्रो गर्विलो मुहारका रवाफहरू ।

तिमी थियौ, अनि समय साथैमा थियो,
शर्तहरू एक एक पूरा गर्ने आँट थियो ।
जग बसाल्दाका ईँटहरूमाथि थपिएको,
एक अर्काे शर्तको ईँट थप्ने छाँट थियो ।

निरन्तर खेर गएका मेरा श्वासहरूले,
ननिकाले कै हुन नरसिँगाका आवाजहरू,
करारमा सही थाप्न भयभित भएका,
मेरा सुक्दै गएका स्वरयन्त्रका अन्दाजहरू ।

बाटो राम्रै थियो, समय सँगै दोबाटो भयो,
पथिक साटिने ठट्टाखेल नै मायाजाल भयो ।
ऐना नियाल्दै अफुलाई युधिष्ठिर ठानिएको,
एक अर्काे सत्य मुकाम जुवाको खाल भयो ।

खप्टिएर अर्कैले समाएका तिम्रा हातहरूले,
हावामा हल्लिएर दिएका बिदाइका सूचनाहरू,
कोशौंसम्म धुलो उडाएर मुखमा छ्यपिएका,
मेरा मर्दै गएका अमर प्रेमका तिम्रा निशानहरू ।
भैंसेपाटी, ललितपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप