मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाटो भत्किएपछि’ कृति लोकार्पण

शनिबार, ०५ पुस २०७६, १७ : १९
शनिबार, ०५ पुस २०७६

काठमाडौं । साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’को आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री आनन्द पोखरेल, प्राडा रामदयाल राकेश, प्राध्यापक गार्मी शर्मा, कथाकार माया ठकुुरीलगायतले उक्त कृतिको शबिार काठमाडौं आयोजित समारोहमा लोकार्पण गरेका ह्न ।

सर्जक पोखरेलले उक्त कृतिमा अध्यात्म, परिवार, गाँउ, समाज, सुुशासन, राष्ट्रप्रेमका साथै राजनीतिक र कानूनका क्षेत्रमा मौलाउँदै गएको विकृति र विसङ्गतिका घटना उजागर गर्न कोसिस गरेका छन् ।

कृतिको समीक्षा गर्दै साहित्यकार स्वागत नेपालले मुुलुुकको शासन व्यवस्था ठीक ढङ्गबाट अघि नबढेका कारण जनताले खेप्नु परेको यावत भोगाइको चित्र गरिएको कविता सङ्ग्रहबारे जानकारी गराएका थिए ।

अर्थशास्त्री डा. विजय पौडेलले सांस्कृतिक चेतना बिना समाजले समृद्धि हासिल गर्न सक्दैन भन्ने पाटोबाट हेर्दा पुस्तक निकै स्तरीय रहेको बताए ।

सो अवसरमा पूर्वमन्त्री पोखरेल, साहित्यकारत्रय राकेश, शर्मा र ठकुरीले छोटो समयमा धन कमाउ भन्ने सोचले राष्ट्रका वैभव भाषा, संस्कृति, संस्कार, नैतिकता, परम्परामा असर पुु¥याउने ढङ्गबाट अघि बढिरहेको समाजलाई एक पटक आफ्नो धरातलाई बुुझेर अघि बढन कृतिले मार्गनिर्देश गरेको धारणा राखे ।
उनीहरुले मानवीय मूूल्य र मान्यताका हिसाबले समाज कमजोर भएको तथा राजनीतिमा नीति र नैतिकता हराएका विषयमा पनि कविले कृतिमा व्यङ्ग्य गर्न सफल भएको बताए । 

उक्त सङ्ग्रहमा आशा अनुुरोध, देशको निर्माण, बाँचेर त हेर, जीवनको अर्थ, आमा, बूढेसकालको बासना, मात्यौ भने ढल्छौ, कानूून दिवस, क्रान्ति, सुुन्दरता र धन, सुुगा–देश– विदेश, मान्छे कि पशुुलगायतका शीर्षकका एकसय कविता समावेश छन् ।

यसअघि साहित्यकार पोखरेलले सम्मान, अंशबण्डा, दलितको झुपडी कथा सङ्ग्रह, आमा कविता सङ्ग्रह, चेप्टे भँगालो उपन्यास प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप