शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : नेकपामा राष्ट्रपतिको ‘राजनीति’, बैठकबाट नेताहरु गायब हुँदै शीतलनिवास पुग्दा प्रचण्ड क्रुद्ध

प्रधानमन्त्रीको रिट्वीटले हंगामा, कसको थियो त्यो आइफोन ?
आइतबार, ०६ पुस २०७६, ०७ : १७
आइतबार, ०६ पुस २०७६

काठमाडौँ । आज पुस ६ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाला आक्रोशित बनेको समाचार देखि प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याडलबाट भएको एक रिट्वीटले सृजना गरेको विवादको बारेमा समाचारहरु प्रकाशित गरेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसारसत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ । राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा। युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए ।

बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । ‘यो के गरेको रु विधिरपद्धति यही हो रु ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’

सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो। ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने रु फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने रु सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’ त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’ राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्।

नयाँ पत्रिका दैनिकका अनुसार ज्ञवालीको भनाइको लगत्तै भीम रावल, रघुजी पन्तलगायत नेताहरूले पार्टी बैठकको बीचैमा राष्ट्रपतिकहाँ जानु आपत्तिजनक भएको भन्दै प्रतिवाद गरेका थिए । ‘पार्टीको मिटिङ चलिरहँदा तपाईंहरू राष्ट्रपतिकहाँ जान मिल्छ ? यो आपत्तिजनक विषय हो,’ रावलले भनेका थिए, ‘राष्ट्रपतिकहाँ तपाईंहरूको के बैठक थियो रु’ बैठकमा अरु नेताहरूले पनि आपत्ति जनाउँदै हो–हल्ला गरेको र भनाभन भएको नेता वेदुराम भुसालले जनाए । रावललाई जवाफ दिँदै ज्ञवालीले भनेका थिए, ‘राष्ट्रपतिकहाँ हामी जानै नहुने रु राष्ट्रपतिजस्तो सम्मानित संस्थाबारे प्रश्न उठाउन मिल्छ रु राष्ट्रपतिसँग भेटलाई पार्टीमा छलफलको विषय बनाउन मिल्छ रु’ रावलले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो भने भन्नुप¥यो भन्दै ज्ञवालीलाई तुरुन्तै जवाफ फर्काए, ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, प्रश्न उठाउनै नपाइने किन रु’ नेकपा स्थायी समितिमा भनाभन र हो–हल्लाको स्थिति आएपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयान्तर गरेका थिए । प्रचण्डले यसअघि पार्टीका दुई अध्यक्षले राष्ट्रपतिलाई भेट्दा पनि सार्वजनिक रुपमा आलोचना भएको प्रसंग स्मरण गर्दै नेताहरूलाई विधि र प्रक्रिया ख्याल गर्न आग्रह गरेका थिए ।

यता, प्रधानमन्त्रीकै ट्वीटर असुरक्षित भन्दै नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्ष्ँित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो । घटना सम्बन्धमा नेपाल प्रहरीअन्तरगतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल प्रधानमन्त्री बाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले चलाउँछन् । त्यसबाहेक ट्वीटरको पासवर्ड प्रमुख सल्लाहकार विष्ण रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । उनीहरुबाट ट्वीटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै उक आइफोनबाट ट्वीटर दुरुपयोग भएको देखाएको छ ।

अन्नपूर्ण पोष्टका अनुसार भारतमा नागरिकता कानुन संशोधनको विरोधमा आन्दोलन चर्किरहेका बेला प्रतिपक्षी नेतृ सोनिया गान्धीको भिडियो सन्देशलाई प्रमको ट्वीटर ह्यान्डलबाट रिट्वीट गरिएको थियो । कानुन संशोधनपछि भारत सरकारको विरोध भइरहँदा प्रतिपक्षी धारणालाई साथ पुग्ने गरी रिट्वीट भएको अर्थ लाग्दा भारतको चासो रह्यो । भारतीय केही सञ्चारमाध्यमले यसलाई समाचारनै बनाए । दि टेलिग्राफले अनलाइन संस्करणमा ‘नेपालका प्रधानमन्त्रीको रिट्वीटको रहस्य’ शीर्षकमा समाचार प्रकाशन गर्यो । भारतीय दूतावासमा सबेरैदेखि टेलिफोन बज्न थाल्यो । कर्मचारी शनिबार पनि व्यस्त रहे । उनीहरुले सम्बन्धित निकायमा बुझ्दा भूलवश/अन्यता भएको पाए पनि यस्ता विषयमा गम्भीर हुनुपर्ने सन्देश प्रवाह गरे । प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराईले हाम्रो आधिकारिक धारण होइन भन्ने जानकारी गराइसकेको बताए ।

कान्तिपुर दैनिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ललिता निवासको जग्गा अनियमिततामा आफ्नै पूर्व प्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेश गरेको छ । अख्यितारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धन टोलीले बस्न्यातसहितका सरकारी कर्मचरी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो । आयुक्तहरुले प्रतिवेदन अध्ययन गरिरहेका छन् । यस मामिलामा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि सोधपुछ गरेको दुईभन्दा बढी स्रोतहरुले दाबी गरेका छन् । अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्यरुपमा जानकारी लिएको हो । नेपालले भने त्यसलाई अस्वीकार गरेका छन् ।

पत्रिकामा अमेरिकी नियोग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) लाई कार्यान्वयन गर्ने या नगर्ने भन्ने सम्बन्धमा सरकार र सत्तारुढ दल विभाजित देखिएको समाचार पनि छ । सरकारले एमसीसी इन्डो प्यासिफिक रणनीति (आईपीएस) को अङ्ग नरहेको बताइरहेका बेला सत्तारुढ नेकपामा यसबारे अमेरिकासँग आधिकारी धारणा माग्नुपर्ने प्रस्ताव आएको छ । काठमाडौँमा जारी नेकपा स्थायी समिति बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले एमसीसी आईपीएसको अंग होइन भनेर अमेरिकाले नै पुष्टि गर्यो भने मात्रै सम्झौतालाई कार्यान्वयनमा लैजाने प्रस्ताव गरेका छन् । दाहालको प्रस्तावमा स्थायी समिति सदस्यहरुले सहमति जनाइसकेको र आइतबारको बैठकले त्यसलाई पारित गर्ने स्रोतले जनाएको छ । नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने एमसीसीलाई कार्यान्वयनमा लगेरै छाड्ने अडान लिइरहेका बेला दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।

अन्नपूर्ण पोष्टमा आफ्ना छोरा जब सौताका बनाइए शीर्षकमा समाचार छ । राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन्। नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए। दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन्। प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए। वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए। पाँच जनाको परिवारमा दुई बालक थपिएपछि सात जना भए। जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो। सासूससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो। विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन्। हातमा प्लास्टिकको झोला। झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र। दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्केका भएछन्। गर्भ बोकें। प्रसव वेदना सहें। आमा हुनुको अनुभव बटुलें। सन्तान हुर्काएँ। दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ।’ महिनारायण भने इलाममा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन्। उनीसँग विवाह गरेर अर्कै संसारमा रमाएको लक्ष्मीले पत्तै पाइनन्। बेला–बेलामा महिनारायण घर आउँथे। लक्ष्मी परिवारको खुसीमै रमाएकी थिइन्। २०७४ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरूको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाका नाममा मुनाको नाम लेखाए।

स्थानीय पञ्जिकाधिकारी तरुणकुमारले जन्मदर्ता बनाउन आउने सूचक स्वयम् बुवा भएपछि आमा को हो भनेर सोधखोज गरेनन् र आमाका नाममा इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिए। राजविराज अस्पतालबाट पनि लक्ष्मीको छोरा भएको प्रमाणित हुने लक्ष्मीका बुवा शिवनारायण यादवले दाबी गरे।

नागरिक दैनिकमा नेपाली भूमिमा भारतले दाबी गरेको समाचार प्रकाशित गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ । कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फ सो नदीकिनारको हेी भूभाग आफ्नो भएको दाबी गर्दै एसएसबीले तटबन्ध निर्माण रोक्न दबाब दिएको हो । मोहना नदीकिनारमा राष्ट्रिय गौरवको रानीजमारा कुलरिया सिँचाइ आयोजनाले ठेक्कामा तटबन्ध बनाउन लगाएको छ । निर्माण कम्पनी स्काई जेभीले आयोजनासँग सम्झौता गरेर सो क्षेत्रमा सात सय ५० मिटर तटबन्धको काम गरिरहेको छ । कम्पनीका प्रतिनिधि धीरेन्द्र शाहीले भारतीय पक्षले निर्माण रोके ५० मिनटरभन्दा बढी क्षत्रेको कार्य प्रभावित हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप