शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्दिरको जग्गामा निर्माण गरिएका आधा दर्जन घर टहरा भत्काइयो

आइतबार, ०६ पुस २०७६, १० : ०५
आइतबार, ०६ पुस २०७६

जनकपुर । गुठी संस्थान जनकपुरका नयाँ प्रमुख ुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा तोड्ने अभियानमा लागिपरेका छन् ।

गुठी संस्थान जनकपुरका पूर्व निमित्त प्रमुख मनोज शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जालसाजी तथा ठगी अभियोग लगाएपछि निलिम्बित छन् । उनी निलिम्बित परेको करिब एक महिना पछि गुठी संस्थान जनकपुरको प्रमुखमा वैकुण्ठ रेग्मी आएका छन् । उनी कार्यालयमा आएसँगै गुठी तथा मठ– मन्दिरको अतिक्रमित जग्गा मुक्त गराउन अग्रसर देखिएका छन् ।

जनकपुरधाम वडा नम्बर १२ स्थित हनुमाननगरमा रहेको हनुमान मन्दिरको अधिनमा रहेको जग्गामा सैयौँ घर टहरा निर्माण गरी वर्षौंदेखि परिवारहरु बसोबास गर्दै आएका छन् । मन्दिरका पुजारी किशोरी शरणले गुठी संस्थान जनकपुरमा निवेदन दिँदै घर टहरा तोडी धार्मिक जग्गा अतिक्रमण मुक्त गरिदिन आग्रह गरेपछि गुठी संस्थान जनकपुरले एक्सन लिएको हो ।

१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा डोला लिएर हनुमाननगरमा श्रद्धालु भक्तजनहरु एक रात विश्राम गर्ने गर्दछन् । । सो जग्गा नै अतिक्रमण हुन थालेपछि हनुमानका पुजारीसहित केहि स्थानीयवासीले ३ वर्षदेखि घर निर्माण गरी बसोबास गर्दै आएका ८ जनाको घर टहरा तोड्नका लागि निवेदन दिएका थिए ।

सोहि अनुसार शनिबार गुठी संस्थान जनकपुरका प्रमुख रेग्मी, प्रहरी र मन्दिरका पुजारीको सहयोगमा ८ वटा मध्ये ६ वटा घर टहरा तोडिएको छ । दिनेस दास, भिलवा दास, उदय दास, बेचन यादव, विल्टु यादव, राम दयाल दास लगायतका घर टहरा तोडिएका छन् ।

गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मीले हनुमान मन्दिरका पुजारी किशोरी शरणले दिएको निवेदन अनुसार अतिक्रमित जग्गा खाली गराउनका लागि डोजर लगाएर तोडिएको बताए । उनले गुठीका जग्गा अतिक्रमण गरी बनाइएका अधिकांश घर टहराहरु छिट्टै नै तोडिने उद्घोषसमेत गरे ।

त्यस्तै, हनुमान मन्दिरका सहयाक पुजारी प्रवोध दास वैष्णवले धार्मिक जग्गाहरु अतिक्रमण हुन थालेपछि आफुहरुलाई सह्य नभएकाले गुठीमा निवेदन दिइ जग्गा मुक्त गराइदिन भनेपछि गुठीले घर टहरा तोडेको बताए । उनले यस कदमलाई स्थानीयवासीले समेत सकारात्मक रुपमा लिएको पनि जिकिर गरे ।

विच्चलीमा भिलवा दास

यता, भिलवा दासको परिवार सडक छेउमा छाप्रोको टहरा निर्माण गरी केहि महिनादेखि बस्दै आएका थिए ।

केहि दिन अघि मात्रै क्षय रोग लागेको थाहा पाएका ४० वर्षीय परिवारसहित प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरेर घर फर्केका थिए । उनी घर फर्कदा घर अगाडी डोजर र प्रहरीको भीड थियो । एकै छिनमा आँखै अगाडि उनको घर ढल्यो ।

जनकपुरधामको श्याम चोक देखि जनकपुर–जटही सिक्स लेन सडक जोड्नका लागि करिब आधा किलोमिटरसम्म ५२ फिट सडकको सहायक मार्ग निर्माण हुदैँछ ।

गरिब र दलित रहेका भिलवा दासको करिब १० धुरमा रहेको निजी घर ५२ फिटको सडक निर्माणमा अतिक्रमण परेपछि उनी सुकुम्बासी भएका हुन् । उनको घर सडक विभागले नै तोडिदिएको थियो ।

अहिले उनी सुकुम्बासी बनेका छन् । अब कहाँ जाने भन्ने प्रश्नले उनलाई सताइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप