शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दर पिचाईको वार्षिक आम्दानी २० लाख डलर, थप २४ करोड डलरको शेयर दिने

आइतबार, ०६ पुस २०७६, १४ : ४७
आइतबार, ०६ पुस २०७६

एजेन्सी । अल्फाबेट इन्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुन्दर पिचाईले आगामी तीन वर्ष उनले कम्पनीमा गरेको कामका आधारमा २४ करोड डलरको शेयर पाउने भएका छन् । यो हालसम्म कुनै पनि गुगलका कार्यकारीलाई दिन लागिको सबैभन्दा ठूलो शेयर हो ।

त्यस अतिरिक्त पिचाईले २०२०को सुरुबाट २० लाख डलर वार्षिक तलब पनि पाउनेछन् ।

विगतमा सो पदमा रहेका ल्यारी पेजले वार्षिक एक डलरमात्र तलब लिने गर्थे । तर पेजको ठूलो सङ्ख्यामा रहेको शेयरका कारण उनीसँग अर्बौं सम्पति छ ।

‘सिईओ चयनका क्रममा दिइएको तलब–सुविधा आधारमा यो रकम एप्पलका सिईओ टिम कूकको ३७.६ करोडभन्दा दास्रो ठूलो हो,’ इक्वीलरका बजार म्यानेजर अमित बटिसले भने । इक्वीलर ठूला कम्पनीका कार्यकारी पदाधिकारीको आयस्रोतको तथ्याङ्क राख्ने संस्था हो ।

गुगलका सह–सस्थापक ल्यारी पेज र सर्गेई ब्रिनले अघिल्लो महिना आफूले २१ वर्षअघि स्थापना गरेको कम्पनीको कार्यकारी पद त्यागेका थिए । 

विगत १५ वर्षदेखि गुगलमा कार्यरत पिचाई अहिले कम्पनीको सार्वजनिक अनुहारका रुपमा उदाएका छन् ।

कम्पनीले गोपनीयतादेखि एकाधिकारसम्मका मुद्दामा अमेरिकी संसददेखि रोजगारदातासम्मका आलोचना खेपिरहेको बेला पिचाई प्रमुखका रुपमा आएका छन् ।

पिचाई सन् २०१५ मा गुगलको प्रमुख हुदाँ, पिचाईको वार्षिक तलब ६,५२,५०० डलर तय गरिएको थियो । त्यसको एक वर्षमा उनको कमाईमा ठूलो वृद्धि भयो जब उनले कार्यसम्पादनका आधारमा १९.९ करोड डलर कमाई गरे ।

पिचाईलाई गुगल क्रोमलाई सफल उत्पादनका रुपमा विकास गरेको श्रेय दिइन्छ । उनलाई माइक्रोसफ्ट कोर्पमा स्टिभ वाल्मरको सम्भावित उत्तराधिकारीको रुपमा हेरिएको थियो । तर त्यो पदमा सन् २०१४ फेब्रुअरीमा सत्य नाडेला नियुक्त भए ।

कम्पनीको सबैभन्दा पछिल्लो प्रोक्सी स्टेटमेन्ट अनुसार पिचाईले सन् २०१८ मा झण्डै १९ लाख डलर कमाए । त्यसमा उनले प्रयोग गरेको व्यक्तिगत विमान र सुरक्षा खर्च पनि जोडिएको छ ।

इक्वीलरका अनुसार अमेरिकाका ठूला कम्पनीहरुका सिईओको औसत तलब १२ लाख डलर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप