शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, अरु के–के भए निर्णय ?

आइतबार, ०६ पुस २०७६, १४ : ५५
आइतबार, ०६ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ ।

बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ । 

त्यस्तै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन  इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप