बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बढाएको करका कारण व्यवसायीलाई असहज भयोः चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ

आइतबार, ०६ पुस २०७६, १५ : ०३
आइतबार, ०६ पुस २०७६

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारकै कारण नेपालमा उद्योगधन्दा संचालनमा कठिनाई भएको बताएका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष श्रेष्ठले सरकारले लगाएको करको कारण अझैपनि उद्योगी–व्यवसायीहरु खुसी हुन नसकेको बताएका हुन्।

श्रेष्ठले सरकारले औद्योगीकरण गर्ने नाममा बढाएको भन्सार र अन्तःशुल्क कर तथा विभिन्न स्थानीय तहहरुले लगाएको करको कारण व्यवसायीलाई असहज भएको गुनासो गरे ।

उनले सरकारले लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस), स्थायी लेखा नम्बर (प्यान) र सामाजिक सुरक्षा कोषले श्रमिकहरुमा अझै असहजता थपिएको बताए ।

त्यसै गरी महासंघका अध्यक्ष भूपेन्द्र गिरीले फर्निचर तथा फर्निसिङ क्षेत्रको सम्भावना रहेकाले यस क्षेत्रको विकासका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप