शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी र बालुवा चोरबीच विवादः गाडी छोडेर भागे चालक

आइतबार, ०६ पुस २०७६, १५ : ४८
आइतबार, ०६ पुस २०७६

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।  शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त स्थानमा पुगेको थियो । 

प्रहरील बा. ४ ख ३४३७,  बा. ४ ख २३१६,  बा. २ ख ४४१६, र प्रदेश नं.३–००१–००५ ख ९२५१को मिनिट्रक नियन्त्रणमा लिएका वृत्तका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।  बालुवा चोरी निकासी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी खोलामा पुगेको थियो । बालुवा निकालेर गाडीमा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याउने प्रयास गर्दा चालकहरुले विवाद गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीसँग वादविवाद गरि गाडी छोडी चालक फरार भएकोले चारवटै गाडी प्रहरीले नियन्त्रणमा लिएर कार्यालय थिमिमा ल्याई अनुसन्धान भइरहको डिएसपी कोइरालाले बताएका छन् ।  फरार सवारी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कानुनी कार्वाही गरिने तथा चोरी तस्करी गरेकोमा सम्बन्धित नगरपालिकामा जरिवानाको लागि पठाइने प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप