काठमाडौंबाट हतियारसहित विप्लव समूहका ५ जना नेता पक्राउ
काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् । उनीहरुलाई बुढानिलकण्ठसहितका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको बिशेष ब्युरोको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई विभिन्न ठाउँमा बम विष्फोट गराउने तथा चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये शिशिर भनिने सञ्जीव लामा वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै