शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिटेन्सन सेन्टरबारे मोदीले भने – यो झुठ हो, तर केन्द्रले ११ महिनाअघि नै राज्यलाई निर्देशन पठाएको थियो

सोमबार, ०७ पुस २०७६, ०७ : ३४
सोमबार, ०७ पुस २०७६

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार रामलीला मैदानमा आयोजित एक -यालीमा एनआरसीका लागि डिटेन्सन सेन्टर बनाउने कुरालाई अफवाह भएको दाबी गरे । यद्यपि, यही वर्षको जुलाईमा राज्यसभामा गरिएको एक प्रश्नको जवाफमा गृहमन्त्रालयले डिटेन्सन सेन्टरको सम्बन्धमा केन्द्रले राज्यलाई निर्देशन पठाएको बताएको थियो ।

विपक्षी दल काँग्रेसले मोदीको यस बयानबारे जवाफ दिँदै भनेको छ – के प्रधानमन्त्रीलाई लाग्छ कि मानिसहरु उनको झुठको वास्तविकता जान्नका लागि गुगुल सर्च पनि गर्न सक्दैनन् ? काँग्रेसले यो कुरा आफ्नो ट्वीटमा उल्लेख गरेको हो जसमा केही मिडिया रिपोर्टहरुमा भारतमा डिटेन्सन सेन्टर खुला गरिने बताइएको कुरालाई उल्लेख गरिएको छ ।

अर्बन नक्सल हल्ला फिजाउँदैछन् : मोदी

मोदीले -यालीलाई सम्बोधन गर्दै भनेका थिए,

काँग्रेस र उसको साथी, सहरहरुमा बस्ने केही पढेलेखेका अर्बन नक्सल, हरुले मुस्लिमहरुलाई डिटेन्सन सेन्टरमा राखिने हल्ला फिजाउँदै छन् । पढेलेखेका मानिसहरु पनि डिटेन्सन सेन्टरको बारेमा सोधिरहेका छन् । एक मिडिया रिपोर्टलाई हेर्नुहोस् जसमा मिडिया मानिसहरुलाई डिटेन्सन सेन्टर कहाँ छ भनेर सोधिरहेका छन् । तर कसैलाई थाहा नै छैन । पहिला पढ्नु त होस् एनआरसी के हो ? अहिले पनि भ्रम छ भने म भन्छु डिटेन्सन सेन्टर अफवाह हो । यो झुठ हो, झुठ हो, झुठ हो ।

गृहमन्त्रालयले जनवारी २०१९ मा राज्यलाई नियमावली पठाएको थियो

जुलाई २०१९ मा गृहमन्त्रालयले राज्यसभामा भनेको थियो –

अवैद्य प्रवासीहरुको पहिचान गर्न, हिरासतमा राख्न र उनीहरुलाई प्रत्यर्पित गर्न केन्द्रको अधिकारलाई संविधानअनुसार राज्यलाई हस्तान्तरित गरिएको छ । राष्ट्रियताको पहिचान र उनीहरुलाई प्रत्यर्पित नगरेसम्म राज्यलाई अवैद्य प्रवासीहरुलाई डिटेन्सन सेन्टरहरुमा राख्नुपर्छ ।

यद्यपि, राज्य सरकार र केन्द्र शासित प्रदेशद्वारा बनाइएको डिटेन्सन सेन्टर र त्यसमा राखिएका अवैद्य प्रवासीहरुको संख्याको बारेमा उल्लेख गरिएको छैन । केन्द्रले राज्यहरुलाई केन्द्र शासित प्रदेशको मोडल डिटेन्सन सेन्टर र होल्डिङ सेन्टरको बारेमा नियमावली ९ जनवरीमा पठाएको थियो । केन्द्रले पटक–पटक राज्यहरुलाई डिटेन्सन सेन्टर स्थापित गर्ने सम्बन्धमा निर्देशन पठाइरहेको छ ।

असममा ६ डिटेन्सन सेन्टर

रोयटर्समा गत सेप्टेम्बरमा आएको रिपोर्टमा असमको गोलापाडामा अवैद्य प्रवासीहरुका लागि पहिलो डिटेन्सन सेन्टर बनाइरहेको बताइएको थियो । यसमा करिब ३ हजार व्यक्तिलाई राख्न सकिनेछ ।

एक अन्य रिपोर्टका अनुसार असममा ६ वटा डिटेन्सन सेन्टर रहेका छन् । जसमा ९ सय अवैद्य प्रवासीहरुलाई राखिएको छ । ३ वर्षको अन्तरालमा यहाँ राखिएका २८ जनाको मृत्यु भएको थियो ।

काँग्रेसले भन्यो – डिटेन्सन सेन्टर वास्तविकता हो

काँग्रेसले ट्वीट गर्दै मिडिया रिपोर्टहरुलाई उल्लेख गरेर असमको गोलापाडामा डिटेन्सन सेन्टर भएको जिकिर गरेको छ । डिटेन्सन सेन्टर वास्तविकता हो र भाजपा सरकार रहेसम्म यो बढ्दै जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप