बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रगतसम्बन्धी अनौठा तथ्यहरु

सोमबार, ०७ पुस २०७६, ११ : ०२
सोमबार, ०७ पुस २०७६


–मानव शरीरको कुल तौलको ७ प्रतिशत भाग रगत हुन्छ । तर त्यही रगतमा पनि ८६ प्रतिशत भाग चाहिँ पानी हुन्छ ।

–हाम्रो मृगौलाले प्रतिदिन १५ लिटर रगत सफा गर्ने गर्छ ।

–एउटा महिलाको शरीरमा औसत रुपमा ४.५ लिटर रगत हुन्छ भने पुरुषको शरीरमा चाहिँ ५.६ लिटर हुन्छ ।

–तपाईंले दान गरेको १ पिन्ट (०.४७३ लिटर) रगतले करिब ४ जनाको जीवन बचाउन सकिन्छ ।

–हाम्रो शरीरमा हुने रक्तनलीलाई एकअर्कासँग गाँस्दै जाने हो भने टाउकोबाट फेदसम्मको दूरी ६० हजार माइल हुन पुग्छ । यो भनेको हाम्रो पृथ्वीलाई दुई फन्को बेर्न सकिने लम्बाई हो ।

–रगत एउटा प्राकृतिक रंग पनि हो । भनिन्छ, आदिवासी अमेरिकनहरुले रगतलाई रंगको रुपमा समेत प्रयोग गर्ने गर्थे ।

–हाम्रो शरीरको रातो रक्तकोषहरु हरेक ७ दिनमा फेरिने गर्छ ।

–१९ औं शताब्दीको शुरुवातताका रोटेपिङ लगायत घुम्ने खालका खेलहरु खेल्दा हाम्रो शरीरमा राम्रोसँग रक्तसञ्चार हुन्छ भन्ने विश्वास गरिन्थ्यो ।

Title photo: https://www.thehealthy.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप