शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

सोमबार, ०७ पुस २०७६, १३ : ३५
सोमबार, ०७ पुस २०७६

सुनसरी । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा  १  जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ गइरहेको एम्बुलेन्स ठोक्किएको थियो ।

बिहान सवा ८ बजे भएको सो दुर्घटनामामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो । जिल्ला अस्पताल पु¥याउनसाथ विष्टलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते ४ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप