एक्साइडको नयाँ ब्याट्री बजारमा
काठमाडौं– नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै यू.पी.एस. ट्युब्लर ब्याट्री बजारमा भित्र्याएको छ ।
मंगलवार आयोजित एक कार्यक्रममा, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र एक्साइड इन्डस्ट्रियल इन्डियाका जनरल म्यानेजर अमिताभ बाक्क्षीले संयुक्त रुपमा सार्वजनिक गरे ।
उक्त कार्यक्रममा बोल्दै राजनबाबु श्रेष्ठले भने ‘आगामी दिनमा यस ब्याट्रीले नयां उचाई र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्न चाहन्छु ।’
साथै अमिताभ बाक्क्षीले नयाँ र अत्याधुनिक रोबस्ट स्पाईन टेक्नोलोजी जडित भएकाले यस ब्याट्रीले लामो समय सम्म ब्याकअप दिने र कम समयमै चार्ज हुने विशेषताका कारणले आउने दिनमा यो ब्याट्री ग्राहकहरुको पहिलो रोजाई हुनेमा विश्वस्त पारे ।
४८ महिना वारेन्टी भएको यस ब्याट्रीमा डिप डिस्चार्ज गर्न मिल्ने, विशेष प्रकारको फ्लोट ले गर्दा पानी हाल्दा सजिलो र पोखिने जोखिम कम हुने, एसिड लेभल उच्च भएको हुँदा बारम्बार रिफिल गरी रहने झमेला नहुने लगायतका विशेषताहरु रहेको कुरा कम्पनीले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा