शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छेको नशामा हावा पस्यो भने यति खतरनाक हुन्छ

मङ्गलबार, ०८ पुस २०७६, १४ : ०१
मङ्गलबार, ०८ पुस २०७६

के तपाईंले कहिल्यै याद गर्नु भएको छ, कुनै पनि पानीको पाइपलाइनमा हावा पस्यो भने के हुन्छ ? बगिरहेको पानीको पाइपमा एउटा निश्चित परिणाममा हावा पस्ने हो भने, त्यस पाइपबाट आउने पानीको प्रवाह केही बेरको लागि रोकिन्छ । अर्थात्, केही बेरका लागि त्यस हावाले पाइपको पानीलाई ब्लक गरिदिन्छ । पानीको बेगले त्यो हावालाई नहटाएसम्म वा अन्य कुनै कारणले यो हावा त्यस स्थानबाट विस्थापित नहुन्जेसम्म त्यो पानी त्यत्तिकै रोक्किबस्छ ।

हाम्रो नशामा पनि पाइपमा पानी बगेजस्तै गरी रगत बगिरहेको हुन्छ । यसैले कुनै पनि माध्यमबाट हाम्रो रक्तबाहिनी नलीहरुमा हावा पस्यो भने, त्यो हावा रगतको साथ साथै हाम्रा रक्तनलीहरुमा बग्न थाल्छ । यसरी रगतका साथ हावा बग्ने क्रम तबसम्म जारी रहन्छ, जबसम्म त्यो हावाले आफ्नो आकारअनुरुपको नली भेट्टाउछ अर्थात् हावा सजिलै छिरेर पार गर्न सक्छ ।

तर हाम्रो शरीरमा कतिपय स्थानहरुमा अत्यन्तै सुक्ष्म रक्तनलीहरु पनि हुन्छन्, जसमा हावा छिर्न सक्दैन । यस्तो स्थानमा आइपुगे पछि रगतका साथ बगिरहेका हावाले ठीक त्यसरी नै रगतलाई नलीबाट बग्न अवरोध पैदा गरिदिन्छ, जसरी पानीको पाइपमा पसको हावाले पानीलाई गर्छ ।

त्यसरी हावा रगत रोकिदिएको स्थानभन्दा अगाडीको स्थानमा रगत आपुर्ति हुन पाउँदैन । त्यसरी रगतको आपर्ति हुन नपाएपछि त्यस्ता स्थानहरुका कोषहरुले पोषण र अक्सिजन प्रप्त गर्न सक्दैनन् । यो क्रम निश्चित अवधिभन्दा लामो समय सम्म कायम रहने हो भने, रगत आपुर्ति हुन  नसकेको शरीरका अंगका कोषहरु मर्न थाल्छन् । अझ यो स्थिति मस्तिष्क जस्तो स्थानमा भयो भने त त्यो मान्छेको मृत्यु पनि हुन सक्छ ।

Title photo: https://qph.fs.quoracdn.net

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप