बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको सोरुममा क्रिसमस इभ

मङ्गलबार, ०८ पुस २०७६, १२ : १९
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्गले क्रिसमसको अवसरमा क्रिसमस इभ कार्यक्रमको आयोजना गर्ने भएको छ । 

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक सोरुममा पौष ८ गते मंगलवार साँझ ५ बजे देखि आयोजना गर्न लागेको हो ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । 

साथै लाईभ म्युजिक, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. ५०,००० सम्मको एक्सचेञ्ज लोयल्टी बोनस, आकर्षक नगद छुट, एक वर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा उपहार र बुकिङ्गमा सरप्राइज गिफ्ट लगायतका विशेष आर्कषणहरु रहेका छन ।  

सोअवसरमा कम्पनीले थापाथली स्थित टाटा मोटर्सको अत्याधुनिक सोरुममा आई फाइदा उठाउन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप