बसबाट लडेर २६ वर्षीय महिलाको मृत्यु
मङ्गलबार, ०८ पुस २०७६, १८ : ०८
पोखरा । बसबाट ओर्लिने क्रममा लडेर १ जनाको ज्यान गएको छ । पोखरा १७ बिरौटा राम मन्दिर नजिकै स्कुल बसबाट ओर्लिने क्रममा लड्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पर्वत खौला लाकुरी घर भई हाल पोखरा १७ विरौटा बस्दै आएकी २६ वर्षीय सरिता पौडेल रहेको प्रहरीले जनाएको छ । बालोदय स्कुलको ग १ क २४९९ नम्बरको बसबाट ओर्लिने क्रममा उनको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ ।
बसबाट ओर्लिदा लडेर घाइते भएकी सरितालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । सरितालाई अस्पताल पु¥याएको केही छिनमा ज्यान गएको थियो । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा