बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

९० वर्ष पुरानो रुखको बोक्रा ताछ्दा ८८ लाख रुपैयाँ जरिवाना

बुधबार, ०९ पुस २०७६, ०८ : १९
बुधबार, ०९ पुस २०७६

लण्डनको एस्सेक्समा बस्ने एक व्यक्तिलाई रुखमाथि हानी पुर्‍याएको आरोपमा ६० हजार पाउन्ड अर्थात् ८८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । वास्तवमा स्टिफन लरेन्सले सुरुमा रुख हटाउनका लागि स्थानीय प्रशासनलाई दुईवटा निवेदन लेखेका थिए, जुन खारेज भएका थिए । त्यसपछि लरेन्सले रुखको बोक्रा ताछे र त्यसमा दुईवटा प्वाल पारिदिए । यसो गरेर उनले रुख चाँडै नै सुक्ने र त्यो  हटाउन सजिलो हुने अनुमान गरेका थिए ।

यसबारे उजुरी पाएपछि काउन्सिलले लरेन्सले रुखलाई अत्यधिक क्षती पर्याएको स्विकार गर्यो । अधिकारीले लरेन्सको गल्तीका कारण उनलाई डिसेम्बर १२ मा स्थानीय अदालतमा पेश गरे । जहाँ उनले रुखलाई जानीजानी क्षती पुर्याएको कुरा स्विकारे । त्यसपछि अदालतले पहिलो आदेशमा लरेन्समाथि करिब ९० हजार पाउन्ड जरिवाना तोक्यो । यद्यपि, पछि लरेन्सद्वारा याचिका दायर गरेपछि जरिवानाको रकमलाई ६० हजार पाउन्ड गरिदियो ।

सस्टेनेबल कम्युनिटीज क्याबिनेटका सदस्य एवं काउन्सिलर माइक मेक्रोरीका अनुसार जरिवाना रकम रुखको उमेर र त्यसको मूल्यलाई ध्यानमा राखेर तोकिएको थियो । उनले भने, ‘रुख निकै पुरानो हो । स्थानीय बालबालिका सधैं यो रुख मुनि खेल्छन् । यसले कार्बनलाई सोस्छ र त्यहाँको पर्यावरणका लागि यसको उपयोगिता अझै पनि धैरै छ ।’

काउन्सिलका अधिकारीले भने, ‘लरेन्सको सेकेन्ड ग्रेडको सम्पत्तिभन्दा उक्त रुखको उपयोगिता धेरै छ । सन् १९०८ मा घर बनेको करिब २० वर्षपछि उक्त रुखको बिरुवा रोपिएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप