शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमसको  फोटोसुटका लागि शर्टलेस भए सेफका छोरा इब्राहिम, साराले दिइन् यस्तो प्रतिक्रिया

बुधबार, ०९ पुस २०७६, १० : ४२
बुधबार, ०९ पुस २०७६

सेफ अली खान र अमृता सिंहका सन्तान सारा अली खान र इब्राहिम अली खानबीच निकै भिन्नता छ । सारालाई क्यामरासँग लगाव छ । उनको सबैसँग घुलमिल हुने खालको व्यक्तित्व छ । यता इब्राहिम भने सकेसम्म क्यामरा फेस गर्न चाहँदैनन् र अन्तर्मुखी स्वभावका छन् । स्वभाव भिन्न भएपनि उनीहरुबीचको सम्बन्ध भने बलियो देखिन्छ ।

हालै यी दिदी भाइले क्रिसमसको मौकामा एउटा फोटोसुट गरेका छन् जसमा इब्राहिम शर्टलेश भएका छन् ।

साराले इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘Red nose reindeer 🦌
White snowflake ❄️ Virgin eggnog 🥚
Christmas cake 🎂
Get the party started 🎈
It’s Christmas Eve for heavens sake 🎄’

खासमा सारा र इब्राहिम करिना कपुरको क्रिसमस पार्टीमा सरिक भएका थिए । उक्त पार्टीका लागि साराले सेता पहिरन लगाएकी थिइन् । यस्तै इब्राहिमले डेनिम ज्याकेट र कालो जिन्स लगाएका थिए ।

यी दुईले फोटोसुट पनि गराए । तस्बिरमा सारा र इब्राहिमले निकै मस्ती गरिरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप