शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा मोटरसाइकल चोरी गर्दागर्दै १ जना पक्राउ

बुधबार, ०९ पुस २०७६, १५ : १५
बुधबार, ०९ पुस २०७६

काठमाडौं । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई आज पक्राउ गरेको हो । 

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा १०प ३१६८ नम्बरको स्पेण्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप