शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा सरकारमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै होः उपेन्द्र यादव

बुधबार, ०९ पुस २०७६, १५ : २५
बुधबार, ०९ पुस २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपाल सरकारमा जानु भनेको आत्महत्या गर्न जानुजस्तै भएको टिप्पणी गरेका छन् । 

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी  अध्यक्ष यादवले भने, ‘राजपा नेपाल सरकारमा जानु भनेको आत्महत्या गर्नुजस्तै हो  ।मलाई राजपा नेपाल जानी जानी आत्महत्याको बाटोमा जाला जस्तो लाग्दैन ।’

 उनले राजपासँग पार्टी एकताको पहल भइरहेको भन्दैआफूहरु सरकारबाट बाहिरिएसँगै मार्गप्रशस्त भएको बताए । राजपाले सरकारबाट बाहिरिए एकता हुँदै आएको स्मरण गर्दै यादवले अब एकताको लागि घनिभूत प्रयास हुने बताए । 
तपाइँहरु सरकारमा सहभागी हुँदा आत्महत्या नहुने राजपा सरकारमा सहभागी हुँदाचाहिँ कसरी आत्महत्या हुन्छ भन्ने पत्रकारको प्रश्नमा भने यादवले भने आफ्नो बचाउ गरे । 

उनले भने, ‘जाने नजाने त उनीहरुको स्वतन्त्रताको कुरा हो तर उहाँहरु जानुहुन्न भन्नेमा ढुक्क छु ।’

उनले आफूहरु संविधान संशोधनको लागि सरकारमा गएको तर लामो प्रयास गर्दा पनि वर्तमान सरकारबाट सम्भव नभएकाले बाहिरिएको पनि उनले बताए । 

संविधान संशोधनका लागि पार्टीले अब। सडक र सदनमार्फत तवाव दिने बताउँदै यादवले यसमा राजपाको पनि सहयोग हुनेमा विश्वास व्यक्त गरे । 

यस्तै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार निरंकश भएको बताए । 

संविधान संशोधनका लागि सुझाव समिति गठन गर्न यादवले मन्त्रिपरिषद्मा लगेको प्रस्तावमा प्रधानमन्त्रीले असहमति जनाएपछि समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिएको थियो । सो पार्टीले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप