बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको अभियोगमा पक्राउ, प्रहरीको सेट बोक्ने पनि समातिए

बुधबार, ०९ पुस २०७६, १६ : ५०
बुधबार, ०९ पुस २०७६

काठमाडौँ । कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

धादिङको कटुन्जे–९ घर भई हाल ललितपुर बस्ने  ४२ वर्षीय सुमन भनिने मान बहादुर गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

रेहाना एजुकेसन कन्सल्टेन्सी संचालक भन्दै उनले विदेश पठाइदिने नाममा साढे १० लाख  ठगी गरेको उजुरी म्याग्दीको मालिका ५ का हुमलाल गुरुङले उजुरी दिएका थिए । 

सो उजुरीपछि महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरेको हो । 

यस्तै प्रहरीले ठगी कार्यमा संलग्न अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । 

प्रहरीले बोक्ने वाकिटकी सेट देखाएर ठग्दै आएको उजुरीको आधारमा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महाशाखाले पक्राउ गरेको हो । 

उनले सिभिल प्रहरीलाई अभद्र व्यबहार गरेको समेत प्रहरीले जनाएको छ । दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप