बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिऊ बिजनको गुणस्तर जाँच गर्नुपर्नेमा जोड

बिहीबार, १० पुस २०७६, १७ : १४
बिहीबार, १० पुस २०७६

काठमाडौँ । सांसदहरुले बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्ति हुन नसक्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै सांसदहरुले बिउ बिजनको डिएनए र फिंगर प्रिन्ट गर्न नसके कृषि उत्पादनमा क्रान्ति हुन नसक्ने बताएका हुन् ।

सांसद दलबहादुर रानाले डिएनए, फिंगर प्रिन्ट प्रत्येक वर्ष गर्नुपर्ने बताए । त्यसका लागि प्रत्येक प्रदेशमा आधुनिक प्रयोगशाला निर्माण हुनुपर्ने र विधेयकमै प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताए । 

सांसद सत्यनारायण खनालले प्रदेशहरुमा समन्वय गर्ने अधिकार र अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्ने अधिकार केन्द्रमा राखी बिउ बिजन परिक्षण र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताए । 
सांसद शान्तीमाया तामाङ पाख्रीनले बिउनै भएन भने उत्पादन नहुने र यसअघिका घटना फेरी दोहोरिने बताइन् । 

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले सबै प्रदेशमा एक एक वटा बिउबिजन सम्बन्धी प्रयोगशाला रहेको, प्रदेश ५ मा २ वटा रहेको र निजी क्षेत्रबाट पनि ५ वटा प्रयोगशाला सञ्चालित रहेकाले यो विषयमा थप छलफल गर्नुपर्ने अवस्था नरहेको बताए । 

बैठकमा कृषि सचिव डा. युवकध्वज जिसीले बिउ बिजन परिक्षणका आफ्नै नियमहरु रहेकाले निजी क्षेत्रलाई पनि समेटनेगरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप