बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी प्रविधिमा अब्बल हुनुपर्छ : आइजीपी खनाल

बिहीबार, १० पुस २०७६, १९ : ०८
बिहीबार, १० पुस २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले हरेक प्रहरी प्रविधिमा अब्बल हुनुपर्ने बताएका छन् ।  पछिल्लो समयमा विश्वव्यापी रुपमा प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले समयसापेक्ष रुपमा प्रहरीले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै दक्षता वृद्धि गर्नुपर्ने बताए । 

आज प्रहरी प्रधान कार्यालयमा भएको डिजिटल नेपालसम्बन्धीको एक अनुशिक्षण कार्यक्रममा उहाँले डिजिटल नेपालका लागि प्रहरी साङ्गठनिक रुपमा सबल हुँदै साधन स्रोत व्यवस्थापनको गरी मातहतसम्म ज्ञान पु¥याउनुपर्नै आवश्यकता औँल्याए ।

कार्यक्रममा अमेरिकाको भर्जिनियास्थित इसिपिआई युनिभर्सिटीका प्राध्यापक डा रामहरि सुवेदीले डिजिटल नेपालसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । सो क्रममा प्रहरी महानिरीक्षक खनालले प्रस्तुतीकरण प्रहरी सङ्गठनका लागि महत्वपूर्ण भएको चर्चा गरे । 

प्राध्यापक डा सुवेदीले विकास, पूर्वाधार निर्माण जनशक्ति उत्पादन, शैक्षिक प्रणालीको सुधार कानुन निर्माण तथा कार्यान्वयनलगायतका विषयलाई प्रविधिसँग जोड्न सके डिजिटल नेपालको कल्पना गर्ने सकिने बताए । 

उनले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, केन्द्रीय साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखालगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धित कार्यालयका प्रमुखहरु तथा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप