मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्वच्छ दिवस मनाउने निर्णयप्रति राष्ट्रपति खुशी

बिहीबार, १० पुस २०७६, २२ : १२
बिहीबार, १० पुस २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २०२० देखि सेप्टेम्बर ७ लाई ‘नीलो आकाशका लागि अन्तरराष्ट्रिय स्वच्छ वायु दिवस’ का रूपमा मनाउने निर्णय गरेकामा खुशी व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै रोग र जीवन जोखिमको एक प्रमुख कारणका रूपमा रहेको वायु प्रदूषण कम गर्न सो दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप