साताको शेयर बजार : झण्डै तीन अर्बको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भए ।
नेप्सेका अनुसार साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरिद–बिक्री भए ।
सोमबार नेप्से १७।७७ विन्दुले बढेर एक हजार १६८।५८ मा पुग्यो । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भए ।
मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २।३७ बिन्दुले घटेर एक हजार १६६।२१ मा पुग्यो । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरिदबिक्री भए ।
बुधबार नेप्से १.८२ अङ्कले बढेर ११६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोवार भए ।
बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा कारोवार भए ।
साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३१९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा