शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुधजन्य वस्तुको गुणस्तरमा विशेष ख्याल गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

शनिबार, १२ पुस २०७६, १९ : ३०
शनिबार, १२ पुस २०७६

बुटवल । नेपाल डेरी एशोसीयसनको २१ औँ केन्द्रीय साधारण सभा बुटवलमा सुरु भएको छ । साधारण सभाको प्रदेश - ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाट गर्दै दुधजन्य वस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताए ।

उनले व्यवसायीक एकता विना व्यवसाय सफल नहुने भन्दै डेरी जन्य वस्तुको उत्पादन तथा व्यवसायीकरणका लागि व्यवसायीबीचमा एकता र सामुहिक उत्पादकत्वको भाव हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै डेरी एशोसीयसनसँग आवद्ध भएका व्यवसायीले दुध र दुधजन्य वस्तुको गुणस्तरमा विशेष ख्याल गर्न आग्रह गरे ।

कुनै पनि वस्तु उत्पादन पश्चात यसको उपभोक्ता सम्म लैजानको लागि विश्वास जित्नु आवश्यक रहेको भन्दै मुख्यमन्त्रीले यसको लागि उपभोक्ताको स्वाथ्य समेत ख्याल गर्न आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि दुध पोखरेल विरोध गर्नुको सट्टा विद्यालयमा लगेर विद्यार्थीहरुलाई निशुल्क वितरण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल डेरी एशोसीयसनका पूर्वअध्यक्ष सुमित केडीया, एशोसीयसनका भावि योजना र वर्तमान अवस्थाको विषयमा अध्यक्ष राधाकृष्ण सापकोटाले प्रष्ट पारेका थिए । कार्यक्रममा उत्कृष्ठ डेरी व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप