बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमती आफूभन्दा अघि हिँडेको भन्दै श्रीमानले गरे सम्बन्धविच्छेद

मङ्गलबार, ०६ भदौ २०७४, १३ : २३
मङ्गलबार, ०६ भदौ २०७४

दुबई – साउदी अरबमा निकै स–सानो कुरामा सम्बन्धविच्छेद दिने चलन लगातार बढिरहेको छ । नयाँ मामलामा साउदीका एक व्यक्तिले आफ्नी श्रीमतीसँग यसकारण सम्बन्धविच्छेद गरे किनभने उनकी श्रीमती उनीभन्दा अगाडि हिँडिरहेकी थिइन् ।

स्थानीय मिडियाका अनुसार श्रीमानले थुप्रै पटक आाफूभन्दा अगाडि नहिँड्न श्रीमतीलाई चेतावनी दिएपनि श्रीमतीले उनको भनाई नमानेपछि उनीसँग सम्बन्धविच्छेद गरेका हुन् । यद्यपी, अहिलेसम्म यी व्यक्तिको पहिचान हुन सकेको छैन ।

अर्का एक मामलामा हनिमूनमा गएका एक जोडीको पाउजु लगाउने विषयमा कुरा नमिल्दा सम्बन्धविच्छेद भएको थियो । श्रीमतीलाई पाउजु लगाउन चाहन्थिन् तर श्रीमान भने त्यस्तो चाहँदैनथे । यस्तैमा अर्को एक मामलामा एक श्रीमानलाई श्रीमतीको कुरा गर्ने शैली मन नपरेपछि सम्बन्धविच्छेद गरेका थिए ।

साउदीमा सम्बन्धविच्छेदका मुद्दामा तीब्र वृद्धि भएपछि अब प्रशासनले विवाहित जोडी विशेषगरी नवविवाहितका लागि काउन्सिलिङ सेवा सुरु गर्ने माग गरिँदै छ । साउदीमा विवाह गराउने एक व्यक्ति हुमूद अल शिमारीका अनुसार पछिल्लो दुई वर्षमा सम्बन्धविच्छेदका मुद्दामा तिब्र वृद्धि भइरहेको छ । अल शिमारीले यसका विभिन्न कारण बताए तर आधुनिक प्रविधीलाई सबैभन्दा ठूलो दोषी बताइयो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप