बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा सिड्नीमा गरिने करोडौँको आतिशबाजी बन्द गर्न माग

आइतबार, १३ पुस २०७६, १८ : ०३
आइतबार, १३ पुस २०७६

अस्ट्रेलियाको सिड्नी सहरमा नयाँ वर्षको पूवसन्ध्या गरिने आतिशबाजी बन्द गर्न र त्यसका लागि खर्च हुने रकम आगलागी नियन्त्रण गर्नमा खर्च गर्न माग गर्दै लाखौँ जनता हस्ताक्षर अभियानमा सहभागी भएका छन् ।

गत वर्ष सिड्नीमा गरिएको आतिशबाजीमा ४ मिलियन अमेरिकी डलर खर्च भएको याचिकामा भनिएको छ । त्यस्तै, आतिशबाजीले केही व्यक्तिहरुलाई आघात पु¥याउने भन्दै त्यसलाई बन्द गर्न माग अघि सारिएको छ ।

यद्यपि, सिड्नीका मेयर क्लोभर मुरले निर्धारित आतिशबाजीको कार्यक्रम गरेरै छाडिने बताइन् ।

याचिकामा हस्ताक्षर गर्नेहरुप्रति सहानुभूति दर्शाउँदै मुरले आतिशबाजीका लागि १५ महिनाअघिदेखि तयारी शुरु गरिएको र त्यसका लागि अधिकांश बजेट खर्च गरिएको जानकारी दिइन् ।

‘हामीले आतिशबाजीलाई रोक्न सक्दैनौँ, यदि रोकी हाल्यौँ भने पनि त्यसले तात्विक अर्थ राख्दैन,’ उनले भनिन् ।

चेन्ज डट ओआरजीमा हस्ताक्षर अभियान चलाउनेहरुले आतिशबाजी गरिए ‘अपमान’ हुने जिकिर गरेका छन् ।

‘देशभरका अस्ट्रेलियालीहरुलाई घर, विद्यालय आदि बनाउन रकम चाहिएको छ,’ एक व्यक्तिले लेखेका छन्, ‘हाम्रो प्राथमिकता के हो भन्ने मुख्य कुरा हो र यस्तो बेलामा हामीले सहानुभूति देखाउने हो ।’

केही महिना यता अस्ट्रेलियामा कयौँ स्थानमा डढेलो लागेको छ । सिड्नी रहेको न्युसाउथ वेल्स सबैभन्दा बढी प्रभावित राज्य हो जहाँ १ सयभन्दा बढी ठाउँमा डढेलो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप