बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको नगरसभा सम्पन्न, ७३ बुँदे प्रगति विवरण पारित

आइतबार, १३ पुस २०७६, १८ : ३४
आइतबार, १३ पुस २०७६

चितवन । महानगरपालिकाको समग्र विकासमा सक्रियताका साथ लाग्नुपर्ने निर्णयसहित आइतबार भरतपुर महानगरपालिकाको पाँचौं नगरपरिषद् सम्पन्न भएको छ । नगरपरिषद्का क्रममा प्रमुख रेनु दाहालद्वारा प्रस्तुत ७३ बुँदे प्रगति विवरण पारित भएको छ । 

नगरसभाले महानगरको कार्य संचालनमा सहजता ल्याउन आवश्यक विधेयक तथा कार्यविधिहरु पारित तथा संसोधन गरेको छ ।

सभाले भरतपुर महानगरपालिकाको पुरक बजेट, भरतपुर नगर सभाको आर्थिक विधेयक, भरतपुर महानगरपालिका न्यायिक समिति कार्यविधि, भरतपुर महानगरपालिकाको सहकारी विधयेक संसोधन विधेयक परित गरेको छ । 
त्यस्तै सभाले भरतपुर महानगरपालिकाको प्राकृतिक तथा वातावरण संरक्षण विधेयकका साथै हालसम्म भरतपुर महानगरपालिकाले गरेका काम कारवाही तथा निर्णयहरु अनुमोदनसहित पारित गरेको छ । 

सभामा नगरकार्यपालिका सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्ताविट नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो धारणा राखेका थिए । 

सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज सुबेदीले विषयगत क्षेत्रबाट आएका जिज्ञासाहरुको सुझाव तथा जवाफ दिएका थिए । 

पाँचौ नगरसभाको समापनका अवसरमा महानगर प्रमुख दाहालले आफ्नो एक मात्र उद्देश्य भरतपुर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा यसको गुणात्मक विकास गर्ने रहेको भन्दै त्यसका लागि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सम्पूर्ण नगरवासीको सामूहिक चिन्ता, चासो र निगरानी जरुरी हुने बताउँदै आफूले सबैसँग त्यही अपेक्षा लिएको बताए । 

प्रमुख दाहालले महानगरपालिकाले महानगरपालिकाको आर्थिक साधन स्रोतको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाइ रहेको बताउँदै सघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताउँदै उनले रिङ्गरोड, लिङ्करोड, रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर, प्रचण्ड मार्ग, सिटीहल, बहु प्राविधिक शिक्षालय, इन्जिनियरिङ्ग कलेज संचालन लगायतका सयाैँ आयोजनाहरुको काम भैरहेको बताइन् । 

उनले नदी नियन्त्रण तथा तटबन्धनका साथै गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला जस्ता गौरवका आयोजनाहरु सुचारु रुपमा अगाडि बढिरहेको बताउँदै कृषि, स्वास्थ्य , शिक्षा पूर्वाधार विकास सामाजिक विकासमा विशेष ध्यान दिइएको बताइन् । 

 वर्षैंदेखि अलपत्र परिरहेको आँपटारी बसपार्क कामको निर्माणले अब तीब्रता पाउने बताउँदै यसका लागि ४१ करोडको डेन्डस समेत भैरहेको बताइन् । 
 विमानस्थल विस्तार र पुलचोक गोन्द्रा«ङ्ग छ लेनको बनि छाड्ने बताउँदै केही समय पछि काम सुरु हुने बताइन् । 

 प्रमुख दाहालले पाँचौं नगरसभा भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।  प्रमुख दाहालले आगामी परिषद्मा सत प्रतिशत प्रगति हाँसिल गर्ने गरी आजैदेखि काम अगाडि बढाउन जनप्रतिनिधी तथा कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । 

सभामा उपप्रमुख पार्वती शाह ठकुरीले पाँचौं नगर सभा सौहार्दपूर्ण वातावरणमा भव्य र सभ्यरुपमा सम्पन्न भएको बताउँदै सुखी नेपाली संमृद्ध नेपाल निर्माणको दिसामा सबैको सामुहिक सहयोगको अपेक्षा लिएको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप