शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुबिसुको अफरच्यूनिटी, २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज एक हजारमा

आइतबार, १३ पुस २०७६, १८ : ५६
आइतबार, १३ पुस २०७६

काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको छ । 

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र एक हजार ४० प्रति महिनामा २५ एमबीपीएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५  भन्दा बढि एच डि च्यानल) प्राप्त गर्नु हुनेछ। यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ । 

त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र दुई सय २१ मा प्राप्त गर्नुहुने छ । यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ । यसका साथै ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गनेुहुनेछ जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् । 

आफ्नो १९औ बार्षिकोत्सव हर्षउल्लासका साथ ग्राहकहरु माझ खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुबिसुले यो अफर लिएर आएको हो । अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप