शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टीभीएस म्याक्स सेमी ट्रेल १२५ मोटरसाइकल नेपाली बजारमा, मूल्य २ लाख ३९ हजार

सोमबार, १४ पुस २०७६, १८ : ४७
सोमबार, १४ पुस २०७६

पोखरा– टीभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले अर्को श्रृंखला टीभीएस म्याक्स सेमी ट्रेल १२५ सीसीको बिक्री शुभारम्भ गरेको छ ।

टीभीएस टु ह्वीलर अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त मोटरसाइकल हो । विभिन्न सीसी क्षमता तथा डिजाइनमा उपलब्ध हुँदै आएको टीभीएसका मोटरसाइकलहरु नेपालमा पनि अत्यन्त लोकप्रिय छ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालका पीपीएल च्याम्पियन टिम चितवन राइनोज्का कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टीभीएस म्याक्सलाई सार्वजनिक गरिएको छ । पोखराको क्रिकेट मैदानमा सम्पन्न पीपीएलको अन्तिम चरणको खेल पश्चात् उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी गराए ।

मोटरसाईकलको विशेषता 

टीभीएस म्याक्स सेमी ट्रेल १२५ अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी हो । जसले बाटोघाटो जस्तै अवस्थाको भएपनि चलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले नपिरोल्ने कम्पनीले बताएको छ ।

नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्सले टीभीएस ब्राण्डको यो नयाँ १२५ म्याक्स मोटरसाइकल उपलब्ध गराएको हो ।

टीभीएस म्याक्स सेमी ट्रेल मोटरसाइकलको निर्माण अत्याधिक पावर, सबैभन्दा बढी सुविधा र अत्यधिक माइलेज प्रदान गर्ने गरी निर्माण भएको कम्पनीले बताएको छ । साथसाथै यसमा १२५ सीसीको इको सफ्ट इन्जिन जडान गरिएको छ भने यसको इन्धन ट्याँकी क्षमता १४.५ लिटरको छ । 

मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टीभीएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताए ।

यो टीभीएस म्याक्स सेमी ट्रेल देशभर रहेका टीभीएस शोरुमहरुमा उपलब्ध छ । र हाल यसको बजार मूल्य २ लाख ३९ हजार नौं सय कायम गरिएको छ । बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप