शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ष २०१९ मा बलिउडमा डेब्यु गरेका ५ अभिनेत्री

मङ्गलबार, १५ पुस २०७६, १४ : ४९
मङ्गलबार, १५ पुस २०७६

मुम्बई । वर्ष २०१९ सकिएको छ । भोलीबाट नयाँ वर्ष लाग्दैछ । बलिउडमा यो वर्ष केही नयाँ अनुहार समेत देखिएका छन् । जुन अनुहारमा बलिउडले आशा समेत गरेको छ । यी हुन् वर्ष २०१९ मा बलिउड डेब्यु गरेका ६ अभिनेत्री ।
 अनन्य पाण्डे : 
चंकी पाण्डेकी छोरी अनन्य पाण्डेले यो वर्ष दुई फिल्म दिएकी छन् । ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यु गरेकी अनन्यको दोस्रो फिल्म ‘पति पत्नी और वो’ थियो ।  उनी अहिले फिल्म ‘खाली पीली’ को सुटिङमा व्यस्त छिन् । 

प्रनुतन बहल:
मोहनीश बहलकी छोरी प्रनुतनलाई बलिउड सलमान खानले भित्र्याएका हुन् । उनको डेब्यु फिल्म ‘नोटबुक’ २९ मार्चमा रिलिज भएको थियो । फिल्म फ्लप भएपनि उनको अभिनयको धेरैले तारिफ गरेका थिए । उनी अहिले ‘हेलमेट’को सुटिङमा व्यस्त छिन् । 

शर्मिन सहगल :

शर्मिनले मलाल फिल्मबाट बलिउड डेब्यु गरेकी थिइन् । शर्मिन संजय लीला भन्सालीको भान्जी र बेला सहगलकी छोरी हुन् । 

सई मान्जेरेकर:

सईले ‘दबंग ३’ मा सलमान खानकी लव इन्टरेष्टको भूमिका निर्वाह गरेर चर्चा पाएकी थिइन् । उनी अभिनेता तथा निर्देशक महेश मान्जरेकरकी छोरी हुन् ।

तारा सुतारिया:
फिल्म ‘स्टूडेन्ट अफ दि इयर २’बाटै तारा सुतारिया बलिउडमा प्रवेश गरेकी हुन् । २४ बर्षकी ताराको चर्चा पनि बलिउडमा राम्रै छ । उनले फिल्म ‘मरजावा’मा पनि काम गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप