शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनमा सन् २०१९ मा दशककै सबैभन्दा बढी हत्या

मङ्गलबार, १५ पुस २०७६, १७ : १८
मङ्गलबार, १५ पुस २०७६

लन्डन । सन् २०१९ मा लन्डन दशककै सबैभन्दा बढी हत्या हिंसाको वर्षको रुपमा सावित भएको छ । अनाहकमा कयौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् ।

गतवर्ष सन् २०१८ मा १३६ जनाको हत्या भएकामा सन् २०१९ मा उक्त संख्या बढेर १४९ पुगेको छ । लन्डनमा भएका अधिकांश 
घटनामध्ये ६० प्रतिशत हत्या चक्कु प्रहारद्वारा भएको छ । त्यस्तै ११ जनाको गोलीले, २५ जनाको मृत्यु आपसी झगडा तथा टाउकोमा चोटका कारण भएको छ ।

यसरी हत्या बढ्नुको मुख्य कारण मध्यम वर्गीय युवामा लागू पदार्थको बढ्दो सेवन भएको महानगरीय प्रहरी आयुक्त क्रेसिडा डिकले बताएकी छन् । 

डेली मेलले जनाएअनुसार सन् २००२ मा सबैभन्दा बढी २२१ जनाको हत्या भएको थियो भने त्यसपछिका वर्षहरुमा यो क्रम घट्दै सन् २०१४ मा सबैभन्दा कम ९४ जना मात्र मारिएका रेकर्ड गरिएको थियो ।

सन् २०१० यता झण्डै २० हजार प्रहरी अधिकृत कटौती गरिँदा हत्या श्रृंखला बढेको धेरैको विश्लेषण छ । तर, सरकारले बढ्दो अपराध नियन्त्रणका लागि कटौती गरिए जति नै संख्या थप्ने र अपराधीहरुलाई जेल सजाय थप कठोर बनाउने रणनीति अघि सारेको छ । गृहमन्त्री प्रीति पटेलले युवाहरुलाई ग्यांग कल्चरतर्फ निरुत्साहित गर्न ३५ मिलियन पाउण्ड खर्च गरिने घोषणा गरेकी छन् ।

बेलायतका अति संवेदनशील १८ स्थानका लागि अपराध न्यूनीकरण इकाइले उक्त अतिरिक्त रकम खर्च गर्ने जनाइएको छ ।

सन् २०१९ मा पनि आतंकवादले ब्रिटेनलाई छाडेन । डिसेम्बर पहिलो साता लन्डन ब्रीजमा एक 
आतंककारी आक्रमणमा दुईजनाको हत्या गयो । पछि प्रहरीले उक्त घटनामा संलग्न उस्मान खानलाई इन्काउन्टरमा मारिदिएको थियो । खान सन् २०१२ मा आतंकवादी क्रियाकलापमा संलग्न भएको भनि दोषी ठहरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप