शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतको राजीनामा माग

मङ्गलबार, १५ पुस २०७६, १७ : २५
मङ्गलबार, १५ पुस २०७६

जनकपुर । प्रदेश नम्बर २ सरकारले गत आर्थिक वर्षमा सम्पन्न आयोजनाहरूको बक्यौता रकम भुक्तानी नगरेको भन्दै भौतिक विकास निर्माणका लागि गठित उपभोक्ता समितिहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । 

धनुषा र महोत्तरी लगायतका विभिन्न ठाउँबाट जम्मा भएका उपभोक्ता समितिले मंगलबार प्रदेशसभा अगाडि सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको राजीनामा माग गर्दै नाराबाजी समेत गरिएको थियो ।

उपभोक्ता समितिको आन्दोलनमा सहभागीले प्रदेश सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका थिए ।

उक्त आन्दोलनप्रति सत्तारुढ दल राजपाका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाएका थिए । 

प्रदेशसभा बैठकमा सहभागी हुन जाने क्रममा उनीहरूले उपभोक्ता समितिको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । 
गत आर्थिक वर्ष २०७५७६ मा प्रदेश सरकारद्वारा सञ्चालित ८ सय ४२ योजनामा ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाँ भुक्तानी बाँकी रहेको समितिले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप