मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकद्वारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग

मङ्गलबार, १५ पुस २०७६, १९ : ५७
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यवादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई मंगलबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरे । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।  

सो कार्यक्रममा बरिष्ठ साहित्यकार डा.तारानाथ शर्मा, डा. गौरिशंकर लाल दाश, छत्र प्रधान, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, बिष्णु बस्नेत, ईश्वर उप्रेती, वडा प्रतिनीधि लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।


       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप