शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज बुधबार तपाईंको राशिफलले के भन्छ ?

बुधबार, १६ पुस २०७६, ०६ : ११
बुधबार, १६ पुस २०७६

वि.सं.२०७६ साल पौष १६ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि षष्ठी,२५ घडी ०७ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाभाद्रपदा,५१ घडी २६ पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग व्यातिपात,३६ घडी ५० पला,बेलुकी ०९ बजेर ४० मिनेट उप्रान्त वरियान । करण तैतिल,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा पद्य योग । चन्द्रराशि कुम्भ,बेलुकी ०८ बजेर ५१ मिनेट मिन । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला ।  पञ्चक। सन् २०२० प्रारम्भ  । राष्ट्रिय टोपी दिवस । राष्ट्रिय मेलमिलाप दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी  फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँकार्य आरम्भ गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुनेछन् भने नयाँ काम गरि मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरि पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदिबहिनीहरुको सहयोग पाइने  हुँदा कामहरु समयमानै सम्पन्न गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मीत वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा मावलि पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पति तथा विलासी बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रयत्न गर्दा महत्पपुर्ण कामहरु सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानीबढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवादित बिषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकिसँग गरिने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ती लामो दुरिको विदेश यात्रा हुनेयोग रहेकोछ । पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप