बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो

बुधबार, १६ पुस २०७६, १२ : ३२
बुधबार, १६ पुस २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अंग्रजी नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान भएको छ । 

ओली र मोदीबीच टेलिफोन वार्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको हो । 

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीसँगको फोन वार्तामा नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गरेको जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी दुवै भाषामा लेखेका छन् ‘श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो । हामीले नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान गर्यौं ।’

प्रधानमन्त्री ओलीले २०१९ दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सफल रहेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा दुवै नेताले विश्वास लिएको उल्लेख गरेका छन् । प्रधानमनत्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप